दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ? « Khabarhub

दोस्रो क्वालिफायरमा लुम्बिनी र विराटनगर भिड्दै : सन्दीपको बलिङलाई कसले रोक्ने ?


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


276
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा आज लुम्बिनी लायन्स र विराटनगर किंग्स भिड्दै छन्। यो खेल बिहीबार दिउँसो ४ बजे सुरु हुँदैछ ।

लुम्बिनी राष्ट्रिय टोलीका कप्तान रोहितकुमार पौडेलको टिम हो भने विराटनगर सन्दीप लामिछानेको कप्तानीको टिम हो ।

विराटनगर पहिलो क्वालिफायरम पराजित भएर दोस्रो क्वालिफायर खेल्न बाध्य भएको हो भने लुम्बिनी इलिमिनेटरमा विजयी भएर दोस्रो क्वालिफायरका लागि छनोट भएको हो ।

आजको विजेताले सुदूरपश्चिमसँग शनिबार एनपीएल दोस्रो सिजनको फाइनल खेल्नेछ ।

पहिलो क्वालिफायरबाट सुदूरपश्चिम रोयल्सले विराटनगरलाई ७७ रनले हराउँदै फाइनल प्रवेश गरेको हो।
लिग चरणमा विराटनगरलाई पाँच विकेटले हराएको लुम्बिनी उच्च मनोबलका साथ मैदानमा हुनेछ । सुरुमा ब्याटिङ गरेर विराटनगरले दिएको १४५ रनको लक्ष्य लुम्बिनीले पाँच विकेटको क्षतिमा १७ ओभर चार बलमा भेट्टाएको थियो ।

आजको खेलमा विराटनगरको बलिङमा सन्दीप लामिछाने र लुम्बिनीको बलिङमा शेर मल्लको प्रतिस्पर्धा देखिने छ । ब्याटिङमा भने विराटनगरले विश्वकै चर्चित नामलाई उतार्ने छ । मार्टिन गप्टिल र फाप्लुको प्रदर्शन महत्त्वपूर्ण बन्नेछ । लुम्बिनीका लागि कप्तान रोहित पौडेलले राम्रो प्रदर्शन गर्नुपर्ने देखिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ६ : ०६ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।