च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित « Khabarhub

च्याम्पियन्स लिग : म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


108
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत बिहीबार बिहानको खेलमा म्यानचेस्टर सिटी विजयी भएको छ । सिटीले रियल म्याड्रिडलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलका तीनै गोल पहिलो हाफमा भए । रियल म्याड्रिडका लागि खेलको २८ औं मिनेटमा रोड्रिगोले गोल गर्दै सुरुवाती अग्रता दिलाएका थिए । त्यसको आठ मिनेटमै सिटीका लागि ओ राइल्लीले बराबरी गोल फर्काएका हुन् ।

खेलको पहिलो हाफमै बराबरी गोलको दबाबमा परेको रियलले ४३ औं मिनेटमा थप गोल खाएको हो । सिटीका लागि रियलविरुद्ध यो निर्णयक गोल स्टार स्ट्राइकर एरलिङ हालान्डले पेनाल्टीमार्फत् गरे ।

पहिलो हाफमै पछाडि परेको रियलले दोस्रो हाफमा कमब्याक गर्न नसक्दा घरेलु मैदानमै २–१ ले पराजित भएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ७ : ५० बजे

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यूईएफए नेसन्स लिग : टर्कीविरुद्ध बेल्जियमको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिग फुटबलमा बेल्जियमले टर्कीविरुद्ध सानदार जित निकालेको

लुम्बिनीदेखि हाइनानसम्म : बौद्ध अध्ययन र भाषा सिकाइ

लुम्बिनी बौद्ध विश्वविद्यालयका ३१ जना विद्यार्थी एकवर्षीय अध्ययन तथा आदानप्रदान

अवरुद्ध बेनी–जोमसोम सडकको पैदलयात्रा सहज बनाउन श्रमदान

म्याग्दी– म्याग्दीको उत्तरी क्षेत्रमा पर्ने रघुगंगा, अन्नपूर्ण गाउँपालिका, मुस्ताङका बासिन्दा,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण