एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने « Khabarhub

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा विराटनगरले टस जितेको छ ।

टस जितेर कप्तान सन्दीप लामिछानेले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । पहिलो क्वालिफायरमा पराजित विराटनगर र इलिमिनेटरमा विजयी लुम्बिनीबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुन लागेको हो ।

आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । पहिलो क्वालिफायरमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो ।

इलिमिनेटरमा भने लुम्बिनीले काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो । पहिलो क्वालिफायरको विजेता टोली सुदूरपश्चिम यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : ४२ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।