एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने « Khabarhub

एनपीएलको दोस्रो क्वालिफायरमा विराटनगरले टस जित्यो, पहिले फिल्डिङ गर्ने


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत दोस्रो क्वालिफायरमा आज विराटनगर किङ्ग्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा हुने खेलमा विराटनगरले टस जितेको छ ।

टस जितेर कप्तान सन्दीप लामिछानेले पहिले फिल्डिङ गर्ने निर्णय गरेका छन् । पहिलो क्वालिफायरमा पराजित विराटनगर र इलिमिनेटरमा विजयी लुम्बिनीबीच दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा हुन लागेको हो ।

आजको विजेता टोली फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोली प्रतियोगिताबाट बाहिरिनेछ । पहिलो क्वालिफायरमा विराटनगर किङ्ग्सले सुदूरपश्चिम रोयल्ससँग ७७ रनको हार व्यहोरेको थियो ।

इलिमिनेटरमा भने लुम्बिनीले काठमाडौं गोर्खाजलाई चार विकेटले पराजित गरेको थियो । पहिलो क्वालिफायरको विजेता टोली सुदूरपश्चिम यसअघि नै फाइनल प्रवेश गरिसकेको छ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ३ : ४२ बजे

यस्तो अवस्थामा छ जनकपुर चुरोट कारखाना (तस्बिरहरू) 

 जनकपुरधाम– लामो समयदेखि बन्द अवस्थामा रहेको जनकपुर चुरोट कारखाना पुनः

कोलम्बिया–इक्वेडर व्यापार युद्ध चर्कियो

बोगोटा– दक्षिण अमेरिकाका दुई छिमेकी मुलुक कोलम्बिया र इक्वेडरबीच जारी

अस्पताल सेवा सुधार कार्यविधि जारी

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘अस्पताल सेवा सुधार कार्यविधि २०८२’

‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा

काठमाडौं– काठमाडौंमा ‘साउथ एसिया ओबेसिटी फोरम’को दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन सुरु

इस्टरको अवसरमा रुस–युक्रेनबीच अस्थायी युद्धविराम सुरु

एजेन्सी– चार वर्षदेखि जारी भीषण द्वन्द्वका बीच अर्थोडक्स इस्टरको अवसर