९ ओभरको संघर्षपछि विराटनगरले लियो लुम्बिनीको दोस्रो विकेट « Khabarhub

९ ओभरको संघर्षपछि विराटनगरले लियो लुम्बिनीको दोस्रो विकेट


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार जारी दोस्रो क्वालिफायरमा विराटनगर  किङ्सले  ९ ओभर २ बलको लामो संघर्षपछि लुम्बिनी लायन्सको दोस्रो विकेट लिएको छ । 

विराटनगरका सुवास भण्डारीले दोस्रो विकेटका रुपमा कप्तान रोहित पौडेललाई आउट गराएका हुन् । ११ ओभरको दोस्रो बलमा आउट भएका रोहितले ३४ रन जोडे । उनले ३० बल सामान गर्दा २ चौका र २ छक्का प्रहार गरे 

पहिलो विकेटका रुपमा दोस्रो ओभरको अन्तिम बलमा ओपनर दिनेश अधिकारी आउट भएका थिए । ५ बल सामना गरेर १ रन बनाएको अवस्थामा उनी विराटनगरका सुवासकै बलमा साम हिजलेटमार्फत् क्याट आउट भए । 

खेलमा १२ ओभरमा पुग्दा लुम्बिनी ८१ रनको अवस्थामा छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा विराटनगरले टस जितेर लुम्बिनीलाई पहिलो ब्याटिङको निम्तो दिएको हो ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ४ : ५५ बजे

राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि नवनियुक्त राजदूतहरूले आआफ्नो ओहोदाको

भिजिट भिसा प्रकरण : रमेश लेखकका दुई सचिवको अध्यागमनका अधिकारीसँग अस्वभाविक सम्पर्कको खुलासा

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भिजिट भिसा प्रकरणमा बिहीबार मुद्दा

प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसमक्ष जय मातृभूमि पार्टीको एक प्रतिनिधिमण्डलले भेट

फाइनल खेल्न लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको लक्ष्य

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को दोस्रो बिहीबार

भिजिट भिसा प्रकरण : सहसचिव भट्टराईसहित ३ जना विरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईसहित ३ जना