तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने « Khabarhub

तेस्रोमा सीमित बन्यो विराटनगर, फाइनलमा लुम्बिनीले सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत बिहीबार सम्पन्न दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्ससँग पराजित बन्दै विराटनगर किङ्सले यात्रा टुङ्ग्याएको छ । प्रतियोगिताको तेस्रो बन्दै विराटनगरले यस सिजनको यात्रा सकेको हो ।

दोस्रो क्वालिफायरको विजेता लुम्बिनी भने फाइनमा प्रवेश गरेको छ । अब लुम्बिनीले उपाधिका लागि पहिलो क्वालिफायर जित्दै फाइनमा सिधै प्रवेश गरेको सुदूरपश्चिम रोयल्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो क्वालिफायरमा त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर १३५ रनको पछ्याउँदै लुम्बिनीविरुद्ध विराटनगर जवाफी ब्याटिङ उत्रिएको थियो । १७ ओभर ५ बलमा सबै विकेट गुमाउँदै विराटनर ९४ रनमा समेटियो । लुम्बिनीले ४० रनको जित निकाल्यो र फाइनलमा स्थान बनायो ।

दोस्रो क्वालिफायरमा विराटनगरका सुरुवाती क्रममा ब्याटरहरु नचल्दा नजिता लुम्बिनीको पक्षमा गएको हो । विराटनगरले पहिलो ओभरमै ओपनर मार्टिन गुप्टिल र लोकश बमलाई गुमाएको हो । मार्टिनले २ रन जोडे भने लोकेश डक आउट भए ।

रुवेन ट्रम्पेलम्यनाको पहिलो ओभरको पाँचौ बलमा मार्टिन र अन्तिम बलमा लोकेश आउट भएका हुन् ।

अर्का ओपनर फाफ डुप्लेसी ३ बल सामना गरेर २ रनको अवस्थामा शेर मल्लको बलमा बोल्ट भए ।

तेस्रो विकेट गएपछि क्रिजमा आएका साम हिजलेटले इनिङ उकास्ने प्रयास गरे । उनले विराटनगरबाट २८ बलमा सर्वाधिक ३४ रन जोडे ।

चौथो विकेट खसेपछि मर्चेन्ट डी ल्याङ्गेले टिकेर खेल्ने प्रयास गरे सफल भएनन् । उनी २० बलमा १७ रन जोडेर आउट भए । ७ विकेट गुमेपछि ब्याटिङमा आएका नरेन भट्टले दोस्रो सर्वाधिक २१ रन जोडे भने अन्यले दोहोरो रन बनाउन सकेनन् ।

लुम्बिनीका तिलक भण्डारीले सर्वाधिक ३ विकेट लिए । २ विकेट लिएका रुबेन ट्रम्पेलम्यान ओपनर मार्टिन गुप्टिल र लोकश बम जस्ता महत्त्वपूर्ण ब्याटरलाई आउट गराए ।

१ विकेट लिएका शेर मल्लले विराटनगरका ओपनर फाफ डुप्लेसीलाई आउट गराए । जेजे स्मिथ र अभिषेक गौतमले समान २–२ विकेट लिए ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ७ : ०९ बजे

एकैदिन तोलामा १० हजार बढीले घट्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनको मूल्यमा उच्च गिरावट आएको छ

कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत उत्तीर्ण

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको नतिजा

रुस-आसियान साझेदारी थप मजबुत

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र दक्षिणपूर्वी एसियाली राष्ट्रहरूको संगठन

पर्यटकीयस्थल घोडेपानी-पुनहिलमा साइकल मार्ग

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीयस्थल घोडेपानी–पुनहिल जोड्ने

शुक्लाफाँटामा तीन सयभन्दा बढी कृष्णसार, व्यवस्थापन चुनौतीपूर्ण

कञ्चनपुर– शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हीरापुर संरक्षण क्षेत्रमा संरक्षित दुर्लभ वन्यजन्तु