लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ « Khabarhub

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ


२५ मंसिर २०८२, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको इनिङ संकटमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले विराटनगरले लुम्बिनी लायन्सको सामना गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको छ । १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १५ ओभरको समाप्तिसम्म ७५ रन बनाउँदा ८ विकेट गुमाइसकेको छ ।

विराटनगरका मार्टिन गप्टिल ३ बलमा २ रन बनाएर आउट भए । त्यसैगरी फाफ डू प्लेसी पनि ४ बलमा ३ रन बनाएर आउट भएका छन् । विकेटकिपर ब्याटर लोकेश बमले खाता नै खोल्न सकेनन् ।

साम हिजलेटले भने २८ बलमा ३४ रन बनाए । शंकर राना १४ बल खेलेर ७ रनमा आउट हुँदा मर्चेन्ट ड लाङ्गेले २० बलमा १७ रन जोडे । बसिर अहमद ६ बलमा २ रन बनाउँदै आउट हुँदा कप्तान सन्दीप लामिछानेले पनि ४ बलमा ३ रन बनाए ।

अहिले प्रतिश जीसी र नरेन भट्ट क्रिजमा छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहिबार  ७ : ०० बजे

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई

ओझेलमा पर्‍यो रसुवाको जुरेढुङ्गा

रसुवा– आन्तरिक तथा बाह्य पर्यटनको प्रचुर सम्भावना बोकेर पनि जुरेढुङ्गा

जी-२० बैठकमा सहभागी हुन लाभरोभ एटलान्टामा

एटलान्टा– रुसी विदेशमन्त्री सेर्गेई लाभरोभ जी–२० विदेशमन्त्रीस्तरीय बैठकमा सहभागी हुन

निरुता सिंहलाई ‘मानार्थ मिसेस नेपाल वर्ल्ड २०२६’ उपाधि

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा तीन दशकभन्दा लामो समयदेखि सक्रिय अभिनेत्री

गोलीकाण्डपछि काममा फर्किँदै टाइगर श्राफ, ‘लग जा गले’ को सेटमा सुरक्षा कडा बनाइने

काठमाडौं– मुम्बईको जुहूमा भएको गोलीकाण्डपछि केही समयदेखि सुटिङबाट टाढा रहेका