लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ « Khabarhub

लुम्बिनीविरुद्ध सङ्कटमा विराटनगरको इनिङ


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको दोस्रो क्वालिफायर खेलमा विराटनगर किङ्गसको इनिङ संकटमा परेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अहिले विराटनगरले लुम्बिनी लायन्सको सामना गरिरहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन बनाएको छ । १३५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको विराटनगरले १५ ओभरको समाप्तिसम्म ७५ रन बनाउँदा ८ विकेट गुमाइसकेको छ ।

विराटनगरका मार्टिन गप्टिल ३ बलमा २ रन बनाएर आउट भए । त्यसैगरी फाफ डू प्लेसी पनि ४ बलमा ३ रन बनाएर आउट भएका छन् । विकेटकिपर ब्याटर लोकेश बमले खाता नै खोल्न सकेनन् ।

साम हिजलेटले भने २८ बलमा ३४ रन बनाए । शंकर राना १४ बल खेलेर ७ रनमा आउट हुँदा मर्चेन्ट ड लाङ्गेले २० बलमा १७ रन जोडे । बसिर अहमद ६ बलमा २ रन बनाउँदै आउट हुँदा कप्तान सन्दीप लामिछानेले पनि ४ बलमा ३ रन बनाए ।

अहिले प्रतिश जीसी र नरेन भट्ट क्रिजमा छन् ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ७ : ०० बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि