एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन « Khabarhub

एमालेको सचिव पदका लागि स्वभाविक म दाबेदार हो : शेरधन


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेकपा एमालेका स्थायी कमिटी सदस्य शेरधन राईले आगामी ११ औं महाधिवेशनमा आफू उपमहासचिव नभए सचिव पदमा उठ्ने तयारीमा रहेको स्पष्ट गरेका छन्।

अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई साथ दिँदै आएका राईले यसपटक पार्टीमा आफूलाई पदाधिकारीका रूपमा हेर्ने माहोल बनेको बताए।

बिहीबार काठमाडौंमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले पार्टी पदाधिकारमा क्रमैसँग अघि बढ्दै आएको अनुभवका आधारमा सचिव पद स्वाभाविक दाबी भएको उल्लेख गरे। उनका अनुसार १० औं महाधिवेशनमा पनि पदाधिकारीमा जान खोजे पनि अन्ततः सहमतिको कारण स्थायी कमिटीमै बस्नु परेको थियो।

राईले आफू पार्टीका हरेक चुनौती र संकटमा अडिग रूपमा उभिएको नेता भएको दाबी गर्दै भने, ‘म पार्टीबाट नबरालिएको मान्छे हो। आजसम्म कुनै मोडमा बाटो नबिर्सिएको छवि बनाएको छु।’

उनले गाउँबाट सुरु गरेको राजनीतिक यात्राले आफूलाई स्थायी कमिटीसम्म पुर्‍याएको उल्लेख गर्दै प्रमुख दलमा नेतृत्व निर्माण चुनौतीपूर्ण हुने बताए। पार्टीका धेरै नेताले आफूलाई पदाधिकारी दाबी गर्न स्वाभाविक रूपमा हेरेको उनले बताए।

११ औं महाधिवेशनमा २,२६२ प्रतिनिधि सहभागी हुनेछन्। कोशी प्रदेशका पूर्वमुख्यमन्त्री राईले कार्यकर्ता र महाधिवेशन प्रतिनिधिले पनि आफूलाई उपमहासचिव र सचिव दुवै पदका लागि योग्य ठानेको बताए । ‘यदि सहमतिले अघि बढ्यो भने सचिव पदमै मेरो उम्मेदवारी रहनेछ,’ उनले स्पष्ट पार्दै भने, ‘स्थायी कमिटीबाट सचिव पदमा जानु स्वभाविक प्रक्रिया पनि हुन्छ।’

राईले अध्यक्ष केपी शर्मा ओलीदेखि अन्य नेताहरूसम्मले आफ्नो दाबीलाई स्वाभाविक रूपमा स्वीकार गरेको पनि बताएका छन् ।

राईले जेन-जी आन्दोलनपछि पार्टी जनताबीच फर्किसकेको बताएका छन् । उनले अब एमाले देशको निर्णायक राष्ट्रिय शक्ति बन्ने दाबी गरेका छन्।

एमालेले एक वर्षअघि अर्ली महाधिवेशन गरेर देशमा बढ्दै गएको अस्थिरता र नयाँ चुनौतीको सामना गर्न लागेको पनि बताए । ‘हामीले मिसन ०८४ का लक्ष्य यही सोचेर तय गरेका थियौँ। महाधिवेशनपछि एमाले अझ बलियो रूपमा अगाडि आउँछ,’ उनले भने।

भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि देश गम्भीर संकटमा प्रवेश गरेको र राज्यका अंगमा अराजकता फैलिएको उनको मूल्यांकन छ। ‘जेन–जीका नाममा अराजक समूहले लोकतान्त्रमाथि प्रहार गर्‍यो। आन्दोलनको मूल एजेन्डा भ्रष्टाचार नियन्त्रण थियो, सत्ता पलट होइन,’ राईले भने।

जेन–जी आन्दोलनमा टेकेर भदौ २४ गते देशमा विध्वंश मच्चाइएको पनि उनले बताए । त्यसपछि गैरसंवैधानिक बाटोबाट सरकार बनाउने र संसद् विघटनको खेल भइसकेको पनि उनको तर्क छ।

अहिले जेन-जी आन्दोलनमा भएको हिंसा र विध्वंशमा एमालेलाई जिम्मेवार ठहर्‍याउने प्रयास भइरहेको भन्दै अध्यक्ष केपी शर्मा ओलीलाई हटाउने माग पनि त्यही वातावरणमा उठाइएको बताए। ‘हल्लाका भरमा नेतालाई हटाउने कुरा हुँदैन। वैधानिक फोरम छ भने त्यही बाटो अपनाओस्,’ राईले दोहोर्‍याए।

राईले देशका ठूला दल कमजोर अवस्थामा रहेको उल्लेख गर्दै नेपाल कांग्रेसजस्ता पुराना दलसमेत उभिन नसकिरहेको बताए। ‘कतिपय दल विघटन भइसके। नयाँ दल बनिरहेका छन्। एमाले पनि स्तब्धजस्तै देखिएको थियो। ६४ जिल्ला कार्यालय जलाइयो। तर एमाले फेरि जनतामाझ उठिसकेको छ,’ उनले भने।

वडादेखि सहरसम्म पार्टीको पुनः सक्रिय उपस्थिति देखिएको दाबी गर्दै उनले अहिलेको राष्ट्रिय संकटको समाधान एमालेले महाधिवेशनबाट स्पष्ट गर्ने बताए।

‘जेन-जी आन्दोलनपछि देश अँध्यारो सुरूङमा छ। कता जान्छ भन्ने अनिश्चितता छ। त्यसैले एमालेले अब देशकै नेतृत्व लिन तयार भएको छ,’ राईले भने।

उनले एमालेमा अर्ली महाधिवेशन भइरहेको पनि बताएका छन् । एक वर्षअघि नै महाधिवेशन गरेर एमालेलाई नयाँ चुनौती सामना गर्ने शक्ति बनाउन लागिएको उल्लेख गरे ।

हामीले नेकपा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउने संकल्प गरेका छौँ । मिसन ०८४ को लक्ष पनि त्यही भएर तय गरेका थियौँ । एघारौँ महाधिवेशनपछि हामी अझै बलियो रुपमा अगाडि आउँछौँ ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : ०५ बजे

ललितपुरमा पाँच वटा सवारी साधन ठोक्किँदा एक जनाको मृत्यु

काठमाडौं – उपत्यकाको ललितपुरस्थित युएन पार्क नजिक आज अपराह्न करिब

ललितपुरमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु

काठमाडौं- ललितपुरको यूएन पार्कमा भ्यानको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको

यूक्रेनले ड्रोन आक्रमण गरेपछि मस्कोका विमानस्थलहरू प्रभावित

मस्को – रूसले रातभरि लगभग ३०० यूक्रेनी ड्रोन नष्ट गरेको

‘वनफूलको विद्रोह’ कविता कृति विमोचन

काठमाडौं – सभ्यता अन्वेषण केन्द्रले आज यहाँ आयोजित एक कार्यक्रमकाबीच

नयाँ पुस्तालाई राजनीतिक रुपमा सङ्गठित गर्न नसक्दा जेनजी आन्दोलन : बिजुक्छे

भक्तपुर – नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे (रोहित)ले