साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक « Khabarhub

साफ क्लब महिला च्याम्पियनसिप: एपीएफ र ट्रान्सपोर्टले बाँडे अंक


२५ मंसिर २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– साफ क्लब महिला च्याम्पियनसिपमा घरेलु टोली सशस्त्र प्रहरी बलको एपीएफ फुटबल क्लब र भुटानी क्लब ट्रान्सपोर्ट युनाइटेड लेडिज एफसीले अंक बाँडेका छन्।

बिहीबार काठमाडौंको त्रिपुरेशवरस्थित दशरथ रंगशालामा च्याम्पियनसिपअन्तर्गत सम्पन्न खेलमा एपीएफ र ट्रान्सपोर्टबीचको खेल गोलरहित बराबरीमा समाप्त भएको हो।

खेलमा घरेलु टोली एपीएफले थुप्रै अवसर सृजना गरे पनि गोलमा भने परिणत गर्न सकेन। १६औँ मिनेटमा सरु लिम्बुले सुनौलो अवसर गुमाइन्। सरुले टोलीकी अनिता बस्नेतको पासमा पेनाल्टी बक्स नजिकबाट गरेको प्रहारले दिशा लिन नसक्दा पोस्टबाट बाहिरिएको थियो।

३१औँ मिनेटमा एपीएफी अनिता बस्नेत गोल गर्नबाट चुकिन्। उनको फ्रिकिक प्रहार पोस्टको क्रसबारमा ठोक्किएर मैदानतर्फ फर्किएको थियो। भुटानकी डेकी ल्हाजोमले एपीएफकी रेनुका नगरकोटीमाथि फाउल गरेपछि एपीएफले फ्रिकिक अवसर पाएको थियो।

६७औँ मिनेटमा ट्रान्सपोर्टकी गोलकिपर संगीता मोंग्लेरले टिमलाई अग्रता व्यहोर्नबाट जोगाइन्। उनले एपीएफकी सरुको प्रहार ‘पन्च’ गर्दै निष्क्रिय बनाएकी थिइन्। योसँगै एपीएफ प्रतियोगितामा पहिलो बराबरी गरेको छ । एपीएफले पहिलो खेलमा नस्रिनलाई ४–० ले हराएको थियो बराबरीसँगै एपीएफले तालिकामा चार अंक जोडेको छ।

ट्रान्सपोर्टको भने यो दोस्रो बराबरी हो। यसअघि ट्रान्सपोर्टले पहिलो खेलमा कराचीसँग गोलरहित बराबरी र दोस्रोमा इस्ट बंगालसँग ४–० को हार व्यहोरेको हो। बराबरीसँगै ट्रान्सपोर्टले तालिकामा फाइनल छनोट कायम राखेको छ।

प्रकाशित मिति : २५ मंसिर २०८२, बिहीबार  ८ : ५३ बजे

धरानको दन्तकाली मन्दिर श्रद्धालुको आस्थाको केन्द्र

सुनसरी– धरान उपमहानगरपालिका–१४ स्थित विजयपुर क्षेत्रमा रहेको पौराणिक धार्मिकस्थल दन्तकाली

नारायणघाट–बुटवल सडक : पूर्वी खण्डका पुल निर्माण सम्पन्न

नवलपरासी– सरकारले राष्ट्रिय गौरवका रूपमा अगाडि बढाएको नारायणघाट–बुटवल सडकखण्डको पूर्वी

एक महिना लामो स्वस्थानी व्रत समापन (तस्बिरहरू)

काठमाडौं– पौष शुक्ल पूर्णिमाका दिन सुरु भएको एक महिना लामो

सर्लाहीमा सवारी दुर्घटना : ६ महिनामा २९ जनाको मृत्यु

सर्लाही– सवारी दुर्घटनामा परी सर्लाहीमा चालु आर्थिक वर्षको ६ महिनामा

कोइलावास भन्सार कार्यालय : लक्ष्यअनुसार राजस्व सङ्कलन भएन

दाङ– कोइलावास भन्सार कार्यालयले चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यअनुसार