रुस-युक्रेन युद्ध: युक्रेनी सेनाले गिरफ्तार गरेका उत्तर कोरियाली सैनिकको उपचार हुँदै « Khabarhub

रुस-युक्रेन युद्ध: युक्रेनी सेनाले गिरफ्तार गरेका उत्तर कोरियाली सैनिकको उपचार हुँदै


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

किभ – दुई घाइते उत्तर कोरियाली सेनालाई रुसको र्कस्कमा गिरफ्तार गरिएको युक्रेनी राष्ट्रपति भ्लाडोमिर जेलेन्सकीले बताएका छन्। जेलेन्सकीका अनुसार किभमा रहेर उनीहरू अति आवश्यक उपचार लिइरहेका छन्। उनले उत्तर कोरियालीलाई पक्रने युक्रेनी प्यारा ट्रपर तथा विशेष दस्ताप्रति आभार व्यक्त गरेका छन्।

जेलेन्सकीले युद्धमा उत्तर कोरियाली सेनाको उपस्थिति नभएको पुष्टि गर्नका लागि रुस र उत्तर कोरियाले सबै प्रमाण नष्ट गर्ने गरेको आरोप लगाए। युक्रेनी गुप्तचरले जनाए अनुसार ९ जनवरीका दिन गिरफ्तार गरिएका उनीहरूलाई किभमा राखेर जेनेभा महासन्धिको मापदण्ड अनुसार उपचार गराइएको छ।

ती दुवै जना युक्रेनी, रुसी र अङ्ग्रेजी भाषा बोल्न सक्दैनन्। यसै कारण उनीहरूसँग सम्पर्क गर्नका लागि दक्षिण कोरियाबाट दोभासे झिकाइएको छ।

जेलेन्सकीले उपचारपछि उनीहरूको सञ्चारकर्मीसँग सम्पर्क गराउनु आवश्यक रहेको बताएका छन्। अहिले संसारले नै तथ्य थाहा पाउन चाहेकाले उनीहरूसँगको सम्पर्क अनिवार्य रहेको जनाइएको छ।

उनीहरूको बारेको चार फोटो समेत जेलेन्सकीले पोस्ट गरेका छन्। उनीहरूको डकुमेन्टका आधारमा जन्मिएको स्थान टुरान जनाइएको छ। सो स्थान मङ्गोलियाको सीमामा पर्छ। २०२४ को मध्यमा उनीहरूले रुसी सेनाले आफ्नो डकुमेन्ट पेस गरेको जनाइएको छ।

यसरी समातिएका एक जना २००५ मा जन्मिएका तथा सन् २०२१ मा राइफल म्यानको रूपमा उत्तर कोरियाली सेनामा आबद्ध थिए।

उनी युक्रेनसँग लड्नका लागि नभई प्रशिक्षणका लागि रुस गएको जनाउँदै आएका छन्। अर्का १ सन् १९९९ मा जन्मिएका हुन्। उनी सन् २०१६ देखि उत्तर कोरियाली सेनामा आबद्ध थिए।

जेनेभा महासन्धि अनुसार युद्धबन्दीलाई उनीहरूले बुझ्ने भाषामा प्रश्न सोध्न अनिवार्य छ। साथमा उनीहरूको जवाफ पनि सार्वजनिक गर्नु अनिवार्य हुन्छ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : ५२ बजे

अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता

एजेन्सी– एशियाली शेयर बजारमा बुधबार प्रायः गिरावट देखिएको छ । अमेरिकी

दोलखाका उम्मेदवारलाई गिजाइरहेका बेवारिसे योजना  

दोलखा– पछिल्लो एक दशकको अवधिमा दुई वटा निर्वाचन सम्पन्न भएर

गगनलाई सभापति बनाएपछि के गर्दैछन् विश्वप्रकाश ?

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले यसपटक कुनै पनि स्थानबाट

विशालनगरमा कमल थापाले खोले निर्वाचन समन्वय कार्यालय                      

काठमाडौं– काठमाडौं -५ का राप्रपाका उम्मेदवार कमल थापाले निर्वाचन समन्वय

बोन्डी गोलीकाण्डपछि अस्ट्रेलियामा कडा कानून

एजेन्सी – सिड्नीको बोन्डी बिचमा भएको घातक गोलीकाण्डपछि अस्ट्रेलियाको संसद्ले