आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने | Khabarhub Khabarhub

आज कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गरिने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास मन्त्रालयले कृषि अनुदानसम्बन्धी विवरण सार्वजनिक गर्ने भएको छ ।

सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा आज दिउँसो पत्रकार सम्मेलनमार्फत मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक हुने जनाइएको छ ।

कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले पदबहाली गरेका दिन मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको कृषि अनुदान विवरण सार्वजानिक गरिने प्रतिबद्धता व्यक्त गरेका थिए ।

उनले भने, ‘गरिब, विपन्न किसानले कृषि अनुदान प्राप्त सकुन् भन्ने मेरो ध्येय हो । कृषि अनुदान वितरणमा जनगुनासो आएको सुनिएको हुँदा यसलाई अझ पारदर्शी बनाउनु जरुरी छ । यसैका लागि मन्त्रालयअन्तर्गत यसअघि वितरण भएको अनुदानको विवरण सार्वजनिक गर्न लागिएको हो ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : ०१ बजे

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा

वर्षायाममा पनि रोकिएन कालीगण्डकीको अवैध दोहन

पर्वत – वर्षायाममा पनि पवित्र कालीगण्डकी नदीबाट नदीजन्य निर्माण समाग्रीको

गगन थापाले भने : सङ्घीयता कार्यान्वयन बारे गम्भीर समीक्षा गर्नुपर्छ

ललितपुर – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सङ्घीयतालाई कार्यान्वयन गर्ने

माधव नेपाल भन्छन् : कम्युनिष्ट पार्टीबीच एकता आवश्यक छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले