बिरामीलाई निःशुल्क रगत | Khabarhub Khabarhub

बिरामीलाई निःशुल्क रगत


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेको पाँचखाल नगरपालिकाका बिरामीलाई आवश्यकतानुसार निःशुल्क रगत उपलब्ध हुने भएको छ । यसका लागि जिल्लास्थित रक्त सञ्चार केन्द्र र पाँचखाल नगर कार्यालयबीच सम्झौता भएको छ ।

नगरवासीलाई निःशुल्क रगत उपलब्ध विषयक सम्झौतापत्रमा नगरप्रमुख मशेह खरेल र रेडक्रमका जिल्ला सभापति देवेन्द्र भैलले हस्ताक्षर गरेका हुन् ।

सम्झौतानुसार रगतको सेवा लिनुपर्ने वा लिएका व्यक्ति पाँचखाल नगरपालिकाका स्थायी बासिन्दा भएको (नागरिकता, मतदाता परिचय पत्र, बसाइँसराइ) प्रमाण खुल्ने कागजातका आधारमा निःशुल्क रगत उपलब्ध गराइने भएको हो ।

यस्तै नगरले हरेक वडामा रक्त सञ्चार सेवा केन्द्रको सहयोगमा आलोपालो गरी वर्षमा कम्तीमा चारपटक रगत सङ्कलन शिविर आयोजना गर्नुपर्ने जनाइएको छ । निःशुल्क सेवाका लागि नगरले अग्रिम तीन लाख रक्त सञ्चार सेवालाई दिनुपर्ने छ ।

नगर प्रमु्ख खरेलले कम्तीमा एक करोडको कोषको व्यवस्था गर्न रेडक्रसलाई सुझाव दिँदै कोषको सुरुआतका लागि व्यक्तिगत रूपमा ५० हजार बीउपुँजीको व्यवस्था गरेका छन् । भैलले पनि रेडक्रसमा कोष व्यवस्थापन गर्न २५ हजार रुपैयाँ उपलब्ध गराउने बताएका छन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ९ : २४ बजे

चिया बेचेरै मासिक एक लाख कमाउँछन् विनोद

सर्लाही– सर्लाहीको लालबन्दीस्थित पूर्वपश्चिम राजमार्गसँगै तरकारी बजारको छेवैमा एउटा सानो

रोचक खेल : भिल्लासँग आर्सनल बराबरीमा रोकियो

काठमाडौं – इङ्ग्लिस प्रिमियरसिपको शनिबार राति भएको खेलमा अस्टन भिल्ला

पोखरामा आजदेखि दाइँ महोत्सव

कास्की– पोखरामा आजदेखि दाइँ महोत्सव हुँदैछ । असारमा लगाएको धानखेतीलाई

लिभरपुलको उपाधि सम्भावना अझ बलियो

काठमाडौं – इङ्लिस प्रिमियर सिपमा लिभरपुलले उपाधि जित्ने सम्भावनालाई अझ

सार्वजनिक नीतिसहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत विभिन्न तीनवटा समितिको बैठक बस्दैछ ।