वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला « Khabarhub

वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुर उद्यान (पार्क) स्थित वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि प्रवेश खुला गरिने भएको छ ।

टीकापुर नगरपालिकाको यही पुस २२ गते बसेको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । नगरप्रमुख रामलाल डगौरा थारूले वीरेन्द्र विश्राम बाटिका सर्वसाधारणका लागि खुला गर्ने र प्रवेश शुल्क २० रुपैयाँ राख्ने निर्णय भएको जानकारी दिए ।

उनले भने, ‘उद्यान घुम्न आउने अधिकांशले तत्कालीन राजा वीरेन्द्र बसेको घर कस्तो छ भनी हेर्न इच्छा व्यक्त गर्ने भएकाले बाटिका सर्वसाधारणको अवलोकनका लागि आगामी माघ महिनादेखि खुला गर्न लागेका हौँ ।’

विसं २०४३ सालमा बनेको वीरेन्द्र विश्राम बाटिकामा १२ कोठा छन् । तत्कालीन समयमा तत्कालीन राजा वीरेन्द्र बेला बेलामा टीकापुर आउँदा यही बाटिकामा बस्ने गरेको बताइन्छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १० : ३३ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन