साल्ट ट्रेडिङका शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश « Khabarhub

साल्ट ट्रेडिङका शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत नगद लाभांश


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – देशकै ठूलामध्ये एक व्यापारिक संस्था साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड (एसटीसी)ले आफ्ना शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशत बराबर नगद लाभांश दिने भएको छ । शुक्रबार बसेको कम्पनी सञ्‍चालक समिति बैठकले लाभांश वितरण निर्णय गरेको हो ।

सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा सञ्चालन भइरहेको कर्पोरेशनको चुक्ता पुँजी हाल ३२ करोड ७ लाख रुपैयाँ छ । गत आर्थिक वर्ष २०८०/०८१ मा को मुनाफाबाट शेयरधनीलाई चुक्ता पुँजीको १० प्रतिशतले हुन आउने तीन करोड २० लाख ७१ हजार ६९५ रुपैयाँ नगद लाभांश वितरण गर्ने निर्णय भएको कम्पनीले जानकारी दिएको छ ।

एसटीसीले आफ्ना शेयरधनीलाई आर्थिक वर्ष २०७९/०८० मा १५ प्रतिशत बोनस शेयर र २०७८/०७९ मा पाँच प्रतिशत नगद तथा १० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा पनि शेयरधनीले १० प्रतिशत नगद लाभांश प्राप्त गरेका थिए ।

६१ वर्षअघि सन्‌ १९६३ मा नुन वितरण गर्न स्थापित कर्पोरेशनले हाल दैनिक उपभोग्य सामग्री, कागज, ग्यास, कोइला, सिमेन्ट र रासायनिक मल बिक्री-वितरण गरिरहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  १२ : २७ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका