क्यालिफोर्नियामा आगलागी : ज्यान गुमाउनेको संख्या १६ पुग्यो, क्षति अझै बढ्ने « Khabarhub

क्यालिफोर्नियामा आगलागी : ज्यान गुमाउनेको संख्या १६ पुग्यो, क्षति अझै बढ्ने


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


228
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अमेरिकामा केही दिनदेखि सल्किरहेको आगोमा परेर मर्नेको सङ्ख्या बढ्दैछ । अमेरिकाको क्यालिफोर्निया राज्यमा अहिलेसम्म १६ जनाको ज्यान गइसकेको छ ।

११ जनाले इटनको आगोका कारण ज्यान गुमाएका हुन् भने ५ जनाले पालिसेडमा भएको आगलागीमा ज्यान गुमाएका हुन् ।

पालिसेडको आगो पूर्वतर्फ फैलिरहेको छ । यसै कारण ब्रेन्टफोर्डमा सतर्कता अपनाउन भनिएको छ ।

आइतबार बिहानै सान्टा आना हुरीका कारण स्थिति झनै तनावग्रस्त बनेको छ । लस एन्जलसको आगो निभ्नेतिर देखिए पनि हावा हुरीका कारण समस्या बढेको छ ।

अहिले लस एन्जलसमा अनधिकृत निजी ड्रोनह्ररू उडिरहेका छन् । यसले आउन सक्ने समस्यालाई मध्यनजर गर्दै सरकारले चेतावनी दिएको छ । २४ घण्टामा निषेधित क्षेत्रमा ३० वटासम्म अनधिकृत ड्रोन उडाइएको समाचारमा उल्लेख छ ।

आगोले मालिबु सहरको पूर्वतर्फको एकतिहाइ संरचना नास भएका छन् । मालिबुका मेयरका अनुसार पछिल्ला तीन महिनामा तीनवटा आगो आए पनि अहिलेको आगो बढी घातक र खतरनाक रहेको छ ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  २ : ३१ बजे

पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ घारको भुवाने देउरालीमा पाखो सम्याएर खेलमैदान

रौतहटमा धान उत्पादन घट्यो

रौतहट– गत असोज १७ देखि १९ गतेसम्म आएको अविरल वर्षापछिको

विद्यालयमा खानेपानीको धारा निर्माणका लागि सहयोग

भोजपुर– भोजपुर नगरपालिका–१० का ९८ वर्षीय उजिरबहादुर प्रधानले भोजपुर नगरपालिकास्थित

अठार फर्ममा विभागको अनुमगन र निरीक्षण

काठमाडौँ– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ र ललितपुरका

गगन-विश्वसहित विशेष महाधिवेशन पक्षधरले संस्थापनको बैठक बहिष्कार गर्ने

काठमाडौं– नेपाली कांग्रेस संस्थापन पक्षले बोलाएको केन्द्रीय कार्यसमितिको बैठकमा विशेष