स्कोर्पियो चढेर आएका रविलाई भ्यानमा हालेर प्रहरीले लग्यो हिरासत « Khabarhub

स्कोर्पियो चढेर आएका रविलाई भ्यानमा हालेर प्रहरीले लग्यो हिरासत


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


942
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आइतबार बिहान कार्यालय खुल्नुअघि नै जिल्ला अदालत काठमाडौं पुगिसकेका थिए ।

केही सहयोगीसहित स्कोर्पियो चढेर रवि बबरहमहलस्थित जिल्ला अदालत परिसर पुगेका थिए ।

कलंकीस्थित स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत रकम ठगी अभियोगमा मु्द्दा दर्ता भएपछि उनी बिहबार पोखराबाट छुटेपछि आइतबार काठमाडौं जिल्ला अदालतमा बयानका लागि हाजिर भएका थिए ।

बिहान अदालत परिसरमा झुल्किँदा उनी मुस्कुराउँदै स्कोर्पियोबाट झरे । त्यसपछि उनले इजलासभित्र छिर्नुअघि अदालतको गेटमा समर्थक र पत्रकारलाई हात हल्लाउन भ्याए ।

त्यसपछि जिल्ला न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उपस्थित भएका उनीसँग बयान थालिएको थियो । आइतबार नै बयान सकिए पनि थुनछेक बहस सुरु हुन सकेन ।

स्कोर्पियोमा अदालत पुगेका रवि लामिछाने

थुनछेक बहस अघि नबढेपछि न्यायाधीश अधिकारीकै आदेशमा उनलाई हिरासतमा पठाइएको हो । हिरासतमा पठाउने आदेशपछि इजलासबाट बाहिरिने क्रममा रवि बिहान जस्तै शैलीमा प्रस्तुत भए ।

अदालतबाहिर जम्मा भएका पत्रकार र समर्थकलाई उनले बिहानकै शैलीमा हात हल्लाउन भ्याए । हिरासतमा जानुअघि उनले आफ्‍ना समर्थकलाई सलाम गर्दै प्रहरीको भ्यानमा चढे ।

प्रहरीले पनि उनलाई भ्यानमा चढाउने क्रममा सलाम गर्न भ्याए । थुनछेक बहस नसकिएपछि लामिछानेलाई अब काठमाडौं प्रहरी परिसरको भद्रकालीस्थित नयाँ हिरासतमा राखिनेछ । काठमाडौं परिसरले नयाँ कार्यालयमा भीआईपी थुनुवाहरूलाई राख्न सुविधायुक्त हिरासत बनाएको छ ।

अब यो मुद्दामा सोमबारदेखि थुनछेक बहस हुने काठमाडौं जिल्ला अदालतले जनाएको छ ।

प्रहरीले कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सरकारी संस्थाको रकम अपचलन गरेको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।
उक्त सहकारीबाट अपचलन भएको रकमसहित प्रहरीले १ अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रुपैयाँ बिगो मागदाबी गरिएको छ । लामिछाने पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही बिहीबार ६५ लाख धरौटी बुझाएर रिहा भएका थिए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ५ : १६ बजे

गाजा क्षेत्रमा १६ लाख मानिस गम्भीर खाद्य संकटको जोखिममा

एजेन्सी – संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले गाजा क्षेत्रमा करिब

गुल्मीका सरकारी कार्यालयमा जनशक्ति अभाव

गुल्मी– राष्ट्रिय सतर्कता केन्द्रले जिल्लामा अधिकांश सरकारी कार्यालयको सेवा प्रवाह

कोरला सीमामा नेपाल–चीन संयुक्त सुरक्षा गस्ती

मुस्ताङ– उत्तरी चीनको स्वशासित क्षेत्र तिब्बतसँग सीमाना जोडिएको (नेपाल–चीन) उत्तरी

चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने

काठमाडौं– सार्वजनिक निजी साझेदारीमार्फत चितवनको शक्तिखोर औद्योगिक क्षेत्र निर्माण एवम्

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारी

बागमती– बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी