तीन फिल्मको सुटिङ ढिला भएपछि रश्मिकाले मागिन् माफी « Khabarhub

तीन फिल्मको सुटिङ ढिला भएपछि रश्मिकाले मागिन् माफी


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


366
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतीय नायिका रश्मिका मन्दना घाइते भएका कारण अहिले आराम गरिरहेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफू घाइते भएर आराम गरिरहेको जानकारी दिएकी हुन् ।

केही दिनअघि जिम गर्ने क्रममा उनी घाइते भएकी छन् । सामाजिक सञ्जालमा उनले दाहिने खुट्टामा प्लास्टर गरेको तस्बिर सार्वजनिक गरेकी छन् ।

उनले लेखेकी छन्, ‘म केही साता वा महिनापछि मात्रै छायाङ्कनमा फर्कदै छु । कहिले भन्ने भगावन्लाई मात्रै थाहा छ ।’

उनी घाइते भएका कारण सलमान खान स्टारर फिल्म ‘सिकन्दर’को छायाङ्कन बढी प्रभावित भएको बुझिएको छ । भारतीय मिडियाहरुको अनुसार यसको छायाङ्न चलिरहेकै समयमा उनी घाइते भएकी हुन् ।

उनले छायाङ्कन ढिला हुने भएकाले फिल्महरु सिकन्दर, थामा र कुवेरका निर्देशकहरुसँग माफीसमेत मागेकी छन् । भनेकी छन्, ‘ढिलाइको लागि निर्देशकहरुसँग माफी चाहान्छु । एक्सनका लागि मेरो खुट्टा ठीक भएपछि फर्कने छु ।’

रश्मिका स्टारर फिल्म ‘पुष्पा-२’ प्रदर्शनरत छ । उनी सलमानसँग पहिलो पटक ‘सिकन्दर’मा सहकार्य गर्दैछिन् । पछिल्लो समय उनी भारतको बढी माग भएकी नायिका हुन् ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ८ : ५१ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी