प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिकहाँ पठायो तीन अध्यादेश « Khabarhub

प्रमाणीकरणका लागि सरकारले राष्ट्रपतिकहाँ पठायो तीन अध्यादेश


२८ पुस २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


879
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले शुक्रबारको मन्त्रिपरिषद्वारा पारित तीनवटा अध्यादेश राष्ट्रपति रामचन्द्र पौडेलकहाँ प्रमाणीकरणका लागि पठाएको छ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आइतबार ती अध्यादेश राष्ट्रपति पौडेलकहाँ प्रमाणीकरणका लागि पठाएको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकले पारित गरेका तीनवटा अध्यादेशमा १४ देखि १५ वटा कानुन संशोधन गर्न लागिएको छ ।

‘अध्यादेश प्रमाणीकरणका लागि आइतबार दिउँसो राष्ट्रपतिकहाँ पठाइसकेका छौँ’, ’ प्रधानमन्त्रीको सचिवालयले भन्यो, ‘राष्ट्रपतिले कानुनी सल्लाह, छलफल र अध्ययन गरेर प्रमाणीकरण गर्नुहुन्छ । त्यसपछि संसद् चले पनि तीनवटै अध्यादेश र बुदाँहरू छलफल गरेर पास गर्ने सरकारको तयारी छ ।’

सरकारले सदन नचलाएर अध्यादेश ल्याउन थालेकोमा प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेकपा एकीकृत समाजवादी, जनमत पार्टी र जसपा लगायतले विरोध जनाएका छन् । सरकारमै रहेको नेपाली कांग्रेसकै कतिपय नेता पनि अध्यादेश ल्याउने सरकारको तयारीप्रति असन्तुष्ट छन् ।

शुक्रबार राति अबेरसम्म बसेको मन्त्रिपरिषद् बैठकबाट अध्यादेश ल्याइएको थियो । तर ती अध्यादेशका ड्राफ्ट अहिलेसम्म औपचारिक रूपमा सार्वजनिक गरिएको छैन । अध्यादेशबारे छलफलका लागि प्रधानमन्त्री केपी शर्मा ओली मन्त्री र सचिवहरूलाई लिएर शुक्रबार दिउँसो राष्ट्रपति पौडेल निवास शीतल निवास पुगेका थिए ।

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय चौरासिया, मुख्यसचिव एकनारायण अर्याल र कानुनसचिव उदयराज सापकोटालाई समेत साथमा लिएर प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग अध्यादेशबारे संवाद गरेका थिए ।

प्रकाशित मिति : २८ पुस २०८१, आइतबार  ७ : ०६ बजे

युक्रेनमा भएको रुसी आक्रमणमा पाँच जनाको मृत्यु

युक्रेन– युक्रेनमा मंगलबार भएको रूसी मिसाइल र ड्रोन आक्रमणको कारण

नबिल बैंकद्वारा ११ हजारभन्दा बढी विद्यार्थीलाई वित्तीय साक्षरता प्रदान

काठमाडौं– नबिल बैंक लिमिटेडले ‘ग्लोबल मनी विक’ अभियानअन्तर्गत ११ हजारभन्दा

इनड्राइभले दियो ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेतालाई पुरस्कार

काठमाडौं– इनड्राइभले ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ अभियानका विजेताहरूलाई काठमाडौंमा आयोजित कार्यक्रममार्फत

‘आबाट आमा’को सिक्वेलको सुटिङ वैशाखमा, पल र विपना दोहोरिए

काठमाडौं – केही दिनअघि मात्रै प्रदर्शनमा ५१ दिन मनाएको फिल्म

एनएमबि बैंकद्वारा ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं– एनएमबि बैंकले ‘ग्लोबल मनी वीक २०२६’ को अवसरमा देशभर