च्याम्पियन्स लिग : प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित « Khabarhub

च्याम्पियन्स लिग : प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको छ।

म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा रियलले खेलको ८६ औं मिनेटमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो।

खेलको १९ औँ मिनेटमा एर्लिङ हलान्डाको गोलमा सिटीले अग्रता लिएको थियो। लामो समय १-० गोलको अग्रतामा रहेको सिटीविरुद्ध रियलका लागि ६० औँ मिनेटमा केलिएन एम्बाप्पेले बराबरी गोल गरे।

८० औँ मिनेटमा डानी सेलबासले फिल फोडेनलाई फल प्रहार गरेपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै हलान्डले नै सिटीलाई दोस्रो पटक अग्रता दिलाए। खेल सकिन १० मिनेट बाँकी हुँदासम्म रियलविरुद्ध सिटी २-१ ले अगाडि थियो।

घरेलु मैदानमा जित नजिक पुगेको सिटीविरुद्ध खेलको ८६ औँ मिनेटमा डाइम ब्रियाजले बराबरी गोल गरे भने जुड बेलिङघमले अतिरिक्त समयमा गोल गर्दै सिटीलाई घरेलु मैदानमा ३-२ ले स्तब्ध बनाए।

यी दुई टिमबीच एक सातापछि म्याड्रिडको मैदानमा दोस्रो लेग हुनेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ३६ बजे

दिल्लीमा वायु प्रदूषण नियन्त्रणका लागि नयाँ प्रतिबन्ध लागू

नयाँदिल्ली– भारतको राजधानी नयाँदिल्लीमा बढ्दो वायु प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले

तृतराजको ५०, जनकपुरको १०० रन पूरा

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

जाडो बढेसँगै ‘भक्का’ को व्यापार फस्टाउँदै

झापा– चिसो मैसम सुरु भएसँगै झापा, मोरङ, सुनसरीलगायत पूर्वी तराईका

पोखराले गुमायो तेस्रो विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा अहिले जनकपुर बोल्ट्स र पोखरा

धान नफलेपछि माडीका किसान चिन्तित

नारायणगढ– गत वर्षसम्म धान फल्ने खेतमा यस वर्ष रोपाइँ गरेदेखि