च्याम्पियन्स लिग : प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित « Khabarhub

च्याम्पियन्स लिग : प्ले अफमा सिटीविरुद्ध रियल म्याड्रिडको रोमाञ्चक जित


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – च्याम्पियन्स लिगको दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा रियल म्याड्रिडले म्यानचेस्टर सिटीलाई ३-२ ले हराएको छ।

म्यानचेस्टर सिटीको घरेलु मैदानमा भएको खेलमा रियलले खेलको ८६ औं मिनेटमा कमब्याक गर्दै रोमाञ्चक जित निकालेको हो।

खेलको १९ औँ मिनेटमा एर्लिङ हलान्डाको गोलमा सिटीले अग्रता लिएको थियो। लामो समय १-० गोलको अग्रतामा रहेको सिटीविरुद्ध रियलका लागि ६० औँ मिनेटमा केलिएन एम्बाप्पेले बराबरी गोल गरे।

८० औँ मिनेटमा डानी सेलबासले फिल फोडेनलाई फल प्रहार गरेपछि प्राप्त पेनाल्टीलाई उपयोग गर्दै हलान्डले नै सिटीलाई दोस्रो पटक अग्रता दिलाए। खेल सकिन १० मिनेट बाँकी हुँदासम्म रियलविरुद्ध सिटी २-१ ले अगाडि थियो।

घरेलु मैदानमा जित नजिक पुगेको सिटीविरुद्ध खेलको ८६ औँ मिनेटमा डाइम ब्रियाजले बराबरी गोल गरे भने जुड बेलिङघमले अतिरिक्त समयमा गोल गर्दै सिटीलाई घरेलु मैदानमा ३-२ ले स्तब्ध बनाए।

यी दुई टिमबीच एक सातापछि म्याड्रिडको मैदानमा दोस्रो लेग हुनेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ३६ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम