च्याम्पियन्स लिगः पिएसभीविरुद्धको पहिलो लेगमा युभेन्ट्स विजयी « Khabarhub

च्याम्पियन्स लिगः पिएसभीविरुद्धको पहिलो लेगमा युभेन्ट्स विजयी


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युभेन्ट्सले युरोपेली च्याम्पियन्स लिग दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा पिएसभीलाई २–१ ले हराएको छ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि खेलको ३४ औँ मिनेटमा वेस्टन म्याककेनी सुरुवाती गोल गरे। लिग चरणमा २० औँ स्थानमा सीमित भएको युभेन्ट्सले सुरुवातदेखि नै आक्रमण खेल प्रदर्शन गरेको थियो।

पिएसभीका लागि ५६ औँ मिनेटमा इभान पर्सीले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए। जितका लागि अन्तिम समयसम्म संघर्ष गरेको पिएसभीविरुद्ध युभेन्ट्सका सामुयल एन्गुलाले खेलको ८२ औँ मिनेटमा निर्णायक गोल गरे।

उनी वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका थिए। सामुयलको निर्णायक गोलसँगै युभेन्ट्सले २-१ को जित निकालेको हो।

यी दुई टिमको दोस्रो लेग अर्को साता नेदरल्यान्ड्सस्थित पिएसभीको मैदानमा हुनेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ५५ बजे

ट्रम्पकी प्रेस सचिव एक सातामै पदमुक्त

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकी प्रेस सचिव केटी जचारिया नियुक्त

लघुजलविद्युत्को भरमा लमजुङका बस्ती, राष्ट्रिय प्रसारण लाइनको प्रतीक्षा

लमजुङ- लमजुङका केही बस्तीका सर्वसाधारण अझै लघुजलविद्युत्को भरमा छन् ।

बागलुङ कालिकामा बढ्न थाले भक्तजन (तस्बिरहरू) 

बागलुङ–  पर्वत र बागलुङको सीमाना मालढुङ्गास्थित काली पुल मर्मतपछि पुनः सञ्चालनमा

दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन

काठमाडौँ – स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि अस्पतालका

मनसुनजन्य विपद्‍बाट बेनीमा करोडौँको क्षति, २४२ घर पुनर्निर्माण गर्नुपर्ने

म्याग्दी– यस वर्षको मनसुनजन्य विपद्बाट म्याग्दीको बेनी नगरपालिकामा २४२ निजी