च्याम्पियन्स लिगः पिएसभीविरुद्धको पहिलो लेगमा युभेन्ट्स विजयी | Khabarhub Khabarhub

च्याम्पियन्स लिगः पिएसभीविरुद्धको पहिलो लेगमा युभेन्ट्स विजयी


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


114
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युभेन्ट्सले युरोपेली च्याम्पियन्स लिग दोस्रो चरण प्रवेशका लागि भएको प्ले अफको पहिलो लेगमा पिएसभीलाई २–१ ले हराएको छ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसका लागि खेलको ३४ औँ मिनेटमा वेस्टन म्याककेनी सुरुवाती गोल गरे। लिग चरणमा २० औँ स्थानमा सीमित भएको युभेन्ट्सले सुरुवातदेखि नै आक्रमण खेल प्रदर्शन गरेको थियो।

पिएसभीका लागि ५६ औँ मिनेटमा इभान पर्सीले गोल गर्दै खेल १-१ को बराबरीमा फर्काए। जितका लागि अन्तिम समयसम्म संघर्ष गरेको पिएसभीविरुद्ध युभेन्ट्सका सामुयल एन्गुलाले खेलको ८२ औँ मिनेटमा निर्णायक गोल गरे।

उनी वैकल्पिक खेलाडीको रूपमा मैदानमा प्रवेश गरेका थिए। सामुयलको निर्णायक गोलसँगै युभेन्ट्सले २-१ को जित निकालेको हो।

यी दुई टिमको दोस्रो लेग अर्को साता नेदरल्यान्ड्सस्थित पिएसभीको मैदानमा हुनेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ६ : ५५ बजे

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

आज बुधबार : श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

आज २०८२ साल असार १८ गते बुधबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १८ गते बुधबार। असार

एलडीसी स्तरोन्नतिपछि पनि वित्तीयकरणमा सघाउन अध्यक्ष ढकालको आग्रह

काठमाडौँ – अतिकम विकसित मुलुक ( एलडीसी) बाट स्तरोन्नति पनि

विकास सहायता कम र असन्तुलित भयो, रूपान्तरण हुनुपर्छ : प्रधानमन्त्री ओली

सेभिया (स्पेन) – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा विकास सहायता