गाजा नियन्त्रणमा लिने योजनामा अडिग ट्रम्प « Khabarhub

गाजा नियन्त्रणमा लिने योजनामा अडिग ट्रम्प


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


285
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – जोर्डनका राजा अब्दुल्लाहसँग ह्वाइट हाउसमा गरेको भेटमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजालाई आफ्नो नियन्त्रणमा लिने चाहनामा अडिग रहेको व्यक्त गरेका छन्।

राष्ट्रपति ट्रम्पले गाजालाई नियन्त्रणमा लिएर त्यहाँ रहेका २० लाख जनालाई जोर्डनलगायत स्थानमा विस्थापित गर्ने योजना बनाएपछि राजा अब्दुल्लाहसँगको यो भेट महत्त्वपूर्ण ठानिएको छ।

मध्यपूर्वमा सुरु भएको शान्ति प्रक्रियाको मुख्य खेलाडी जोर्डनमा अहिले नै धेरै प्यालेस्टाइनी छन्। जोर्डनले यसअघि नै ट्रम्पको प्रस्ताव अस्वीकार गरिसकेको छ।

अब्दुल्लाहसँग बसेर नै ओभल अफिसमा ट्रम्पले आफ्नो कुरामा अडिग भएको बताएका हुन् । ट्रम्पले गाजा नियन्त्रणमा लिएर त्यस क्षेत्रमा अमेरिकाले धेरै नै रोजगारीको अवसर सिर्जना गर्ने बताएका छन्। अब्दुल्लाह भने मौन नै रहे।

जोर्डनले अन्तर्राष्ट्रिय कानुन अनुसार नमिल्ने भन्दै सो प्रस्तावलाई अस्वीकार गरेको हो। यसका बाबजुद जोर्डनले धेरै सङ्ख्यामा प्यालेस्टाइनीलाई आफ्नो देशले व्यवस्थापन गर्न सक्ने क्षमताका बारे पनि कुरा राखेको थियो।

जोर्डनले दुई हजार अस्वस्थ प्यालेस्टाइनी स्वीकार गर्नसक्ने राजा अब्दुल्लाहले बताएका छन्। ट्रम्पले भने बारम्बार जोर्डन र इजिप्टले स्वीकार गर्नुपर्ने बताए।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ७ : ४८ बजे

लुपस बाथले मिर्गौलादेखि मुटुसम्म असर गर्छ : डा.अरुणकुमार गुप्ता

पछिल्लो समय नसर्ने रोगको संक्रमण बढ्दो क्रममा रहेको छ ।

माघ १ का तीन फिल्मको व्यापार कमजोर बनेपछि ‘बिगुल’को प्रदर्शन रोकियो

काठमाडौं – माघे संक्रान्तिको बिदा उपभोग गर्न माघ १ बाट

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

झापा– माटोसँग खेल्दै जीवन जिउने सपना बोकेका कलाकार विष्णु राजवंशीका

परम्परागत सीपको संरक्षण गर्न टेम्केमैयुङमा राडीपाखी बुन्ने तालिम

भोजपुर– परम्परागत सीपको संरक्षण गर्दै स्थानीय महिलालाई आयआर्जनमा जोड्ने उद्देश्यका

कांग्रेसका सबै उम्मेदवारको टुंगो आजै लाग्छ : सभापति थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रतिनिधि सभाको प्रत्यक्ष