मेसी र रोनाल्डोको जस्तै दुई ह्याट्रिक गरेर सफलता पाउन चुके डेम्बेले « Khabarhub

मेसी र रोनाल्डोको जस्तै दुई ह्याट्रिक गरेर सफलता पाउन चुके डेम्बेले


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गएराति भएको च्याम्पियन्स लिग प्ले अफको खेलमा पिएसजीका आउसमाने डेम्बेले लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो जस्तै लिगमा दोहोरो ह्याट्रिकको रेकर्ड बनाउन चुकेका छन्। महत्त्वपूर्ण समयमा टिमका लागि दुई गोल गरेका उनी इतिहास बनाउन भने चुकेका हुन्। उक्त खेलमा पिएसजीले फ्रेन्च क्लब ब्रस्टलाई ३-० ले हरायो।

पिएसजीको जितमा आउसमाने डेम्बेलेले दुई गोल गरेका हुन्। उनी पिएसजीका लागि खेलिएका पछिल्ला ११ खेलमा १८ गोल गर्न सफल भएका छन्। यसअघि स्टुगार्टसँग भएको खेलमा उनले ह्याट्रिक पूरा गरेका थिए। गएरातिको खेलको ८२ औं मिनेटमा उनी मैदानबाट बाहिरिएपछि इतिहास बनाउन चुकेका हुन्।

उनले थप एक गोल गरेको भए महान् खेलाडी मेसीले सन् २०१६ मा तथा रोनाल्डाले सन् २०१७ मा बनाएको रेकर्डमा समावेश हुने थिए। अन्य कुनै खेलाडीले लगातार दुई च्याम्पियन्स लिग खेलमा ह्याट्रिक गरेका छैनन्।

२१ औँ मिनेटमा भिटिन्हो पेनाल्टी गोलमा अग्रता लिएको पिएसजीका लागि डेम्बेलेलले ४५ औँ र ६६ औँ मिनेटमा गोल गरेका हुन्। यी दुई बिचको दोस्रो लेग अर्को साता पिएसजीको मैदानमा हुनेछ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ८ : ३१ बजे

सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती

कास्की – पोखराको प्रसिद्ध शक्तिपीठ विन्ध्यवासिनी मन्दिरमा बडादसैँको सप्तमीका अवसरमा

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया