जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए « Khabarhub

जुम्लाका ३६ गाउँबस्ती सडक सञ्जालमा जोडिए


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला– तातोपानी गाउँपालिकाका सबै वडाका ३६ गाउँबस्ती सडक सञ्जालबाट जोडिएका छन् ।

सङ्घ, प्रदेश र गाउँपालिकाको बजेटबाट थलाले गाउँसम्म सडक निर्माण सम्पन्न भएपछि मंगलबार गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईँले त्यसको उद्घाटन गरेका हुन् ।

यहाँका स्थानीयको मागअनुसार तीन वर्षको प्रयासपछि गाउँसम्म सडक पुगेको हो । सडकबाट थलालेका ४० घरपरिवार लाभान्वित भएका छन् । सडक निर्माणपछि जीप, ट्रयाक्टर र मोटरसाइकल सञ्चालन भएका छन् ।

पालिका अध्यक्ष चौलागाईँका अनुसार जानकारी दिए। सडक स्तरोन्नति गरी बाह्रै महिना नियमित यातायात सञ्चालन गर्न गाउँपालिकाले प्राथमिकता दिएको छ । नियमित यातायात सञ्चालनको व्यवस्था मिलाउन तथा वडा नं ७ पातरसाँघुबाट थलालेसम्मको चार दशमलव १७ किलोमिटर सडक निर्माणमा रु एक करोड २० लाख बजेट खर्च भएको छ ।

उपभोक्ता समितिका अध्यक्ष खेमबहादुर शाहीले सडक निर्माणपछि दुई घण्टाको यात्रा अब २० मिनेटमा पूरा हुने बताए । आफ्नै घरआँगनमा सडक पुगेपछि स्थानीयले मङ्गलबार नाचगान गरेर खुसीयाली मनाएका थिए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : ३३ बजे

प्रियंकाको ‘मास्टर्नी’ : खिच्न सुरु गर्ने निर्देशक भारतीय, इन्ड क्ल्याप गर्ने सिमोस

काठमाडौं – नायिका प्रियंका कार्कीको शीर्ष भूमिका र निर्माण रहेको

पूर्वका पाँच जिल्लामा शनिबार १२ घण्टा विद्युत् अवरुद्ध हुने

भद्रपुर– झापा, इलाम, पाँचथर र ताप्लेजुङ जिल्लाका सम्पूर्ण क्षेत्र तथा

सौरभको ‘साम्राज्य’मा सौगातको इन्ट्री

काठमाडौं – बिग बजेटको फिल्म भनेर निर्माण पक्षले दाबी गरेको

गत वर्षको चौथो त्रैमासिक अवधिमा तीन वटा बैंक परे कारबाहीमा

काठमाडौं– आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा नियमनकारी निर्देशनहरू उल्लंघन

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौं– राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ ।