जसले खसीको अण्डकोष टाँसेर बेचे बाख्राको मासु « Khabarhub

जसले खसीको अण्डकोष टाँसेर बेचे बाख्राको मासु


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1k
Shares
  • change font
  • change font
  • change font

पर्सा – खसीको अण्डकोष टाँसेर बाख्राको मासु बेचेको आरोपमा पर्सामा एक जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-१३ का ४१ वर्षीय हारुन मियाँ अन्सारी रहेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक किशरोर लम्सालका अनुसार सोमबार साँझ ६ बजे अन्सारीलाई पक्राउ गरिएको हो।

आसमिन फ्रेस हाउस चलाइरहेका अन्सारीले खसीको भनेर बाख्राको मासु बेचिरहेको सूचनाका आधारमा वडा प्रहरी कार्यालय श्रीपुरको टोली पुगेको थियो।

‘प्रहरी टोली पुग्दा अन्सारीको पसलबाट खसीको अण्डकोष टाँसिएको बाख्राको मासु १५ केसी बरामद भएको छ,’ लम्सालले भने।

अन्सारीलाई कालोबजार ऐनअन्तर्गत जिल्ला प्रशासन कार्यालयबाट मंगलबार पाँच दिन थुनामा राख्न अनुमति लिइएको लम्सालले बताए।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १२ : ५० बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।