जब खोलामा नआएको बाढी बबरमहलमा उर्लियो (तस्बिरहरू) | Khabarhub Khabarhub

जब खोलामा नआएको बाढी बबरमहलमा उर्लियो (तस्बिरहरू)


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार दिउँसो नेपाल विद्युत् प्राधिकरणका प्राविधिकहरूको एउटा टोली ड्रिल मेशिनसहित बबरमहल क्षेत्रको सडकमा धमाधम प्वाँल पार्नमा व्यस्त थियो ।

काठमाडौं उपत्यकामा बिजुलीका तार भूमिगत गर्ने अभियान चलाइरहेको प्राधिकरणले त्यस कामलाई बबरमहल क्षेत्रमा तीव्र बनाएको थियो ।

बुधबार पनि त्यही कामका लागि प्राविधिकहरू खटिएका थिए । ड्रिलिङ मेशिनले प्वाँल पार्ने क्रममा जमिनमुनि केही विष्फोट भए जस्तो आवाज आयो । ठूलो आवाजसहितको उक्त विस्फोट अरु केही नभएर मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइप पड्किएको थियो ।

सडक खन्ने क्रममा मेलम्ची खानेपानी आयोजनाको मुख्य पाइपमा ड्रिलिङ मेशिनले छुन पुग्दा ठूलो आवाज आयो । मेलम्ची खानेपानी आयोजनाले बबरमहल क्षेत्रमा वितरण गरिरहेकाले ठूलो शक्तिसहितको पानी पाइपमा थियो । ठूलो आवाजसहित पाइप पड्किनेबित्तिकै पानीको फोहरा सडकबाहिर निस्कियो ।

हेर्दा हेर्दै अवस्था यस्तो भयो कि बबरमहलस्थित विशेष अदालत अगाडिको सडक केहीबेरमै जलमग्न भयो । खास गरी सडकको दक्षिणतर्फ रहेको विशेष अदालत, वन कार्यालय, रेड कार्यान्यवन केन्द्रसहितमा मेलम्चीको पानीको बाढी पस्यो ।

केहीबेरमै मेलम्चीको पाइपको पानीले बाढीको रुप लिएर उर्लिँदा विशेष अदालतको भुइँतला भरियो । त्यसबेला विशेष अदालतसहित सरकारी कार्यालय चलिरहेका थिए । विशेषमा कयौँ मुद्दाको सुनुवाइ चलिरहेको थियो ।

हेर्दाहेर्दै भुइँतलामा पानी भरिएपछि विशेषका कर्मचारी फाइल र कम्प्युटरसहितका सामान जोगाउँदै माथिल्लो तलामा दौडिन थाले । बबरमहल क्षेत्रमा सुरक्षामा तैनाथ सशस्त्र र नेपाल प्रहरीको टोली बाढी छेक्ने कोशिशमा लागे । तर कहीँ कतै रोक्ने अवस्था थिए । उल्टै बाढीले उग्र रुप लिँदा कर्मचारी र सर्वसाधारणलाई उद्धारका लागि डोरी नै टाँग्ने अवस्था आइपर्‍यो ।

सडक डिभिजन कार्यालय काठमाडौंका अनुसार सडकमुनि रहेका मेलम्ची खानेपानी आयोजनाका ५ वटा पाइपमध्ये मुख्यमै क्षति पुगेको छ । लहरै बिच्छ्याइएका पाइपमध्ये मुख्यमै प्राधिकरणको मेशिनले छुँदा पड्किएको थियो ।

सडक डिभिजन कार्यालय काठमाडौंका प्रवक्ता महानन्द जोशीले खबरहबलाई बताएअनुसार केही दिनयता उक्त क्षेत्रमा प्राधिकरण बिजुलीको तार भूमिगत गर्न सडक खनिरहेको थियो ।

‘अन्डरग्राउन्ड केबलिङको काम प्राधिकरणले अघि बढाउने क्रममा मेलम्चीको मुख्य पाइपमा क्षति भएको छ’, उनले भने, ‘त्यस क्षेत्रमा मेलम्ची खानेपानीका पाँचवटा पाइप रहेछन् । जसमा प्राधिकरणको ड्रिलिङ मेशिनले मुख्य पाइपमै छोएपछि पड्किएर पानी बाहिर निस्किएको हो।’

लहरै पाइप गाडिएकाले मेलम्ची खानेपानी आयोजनालाई कुन पाइप फुटेको ठम्याउन केही समय लाग्यो । पाँचवटा पाइपमध्ये पहिचान गर्न समय लाग्दा बाढीकै रुप लिएर बबरमहलस्थित विशेष अदालतसहितको क्षेत्र डुबानमा परेको हो ।

मुख्य पाइप फुटेपछि आवातजावतमा समस्या भएको थियो । अहिले मेलम्ची खानेपानी परियोजनाले त्यस क्षेत्रमा पानी आपूर्ति बन्द गरेको छ ।

तस्बिरहरू : नेपाल फोटो पुस्तकालय

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : २७ बजे

अदालतको आदेशपछि परिचारिका काममा फर्किने

काठमाडौं – नेपाल वायुसेवा निगमले श्रम अदालतको आदेश बमोजिम विमान

गायिका चौहानलाई सामाजिक सञ्जालबाट दुर्व्यवहार गर्नेमाथि तीन दिन म्याद थप

काठमाडौं – गायिका एलिना चौहानलाई सामाजिक सञ्जालमार्फत गालीगलौज र दुव्र्यवहार

ट्रम्प र पुटिनबीच बिहीबार फोनवार्ता हुने

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अमेरिकी राष्ट्रपति डोनाल्ड

युवाहरुलाई सीप सिकाउँदै गण्डकी प्रेदश सरकार

गण्डकी – युवाहरुलाई स्वदेशमै स्वरोजगार बनाउन गण्डकी प्रदेश सरकारले व्यावसायिक

सुदूरपश्चिम प्रदेशका वनमन्त्री बर्खास्त

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री