लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा « Khabarhub

लोसपा पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्ता साझेदार दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि भूमिसम्बन्धी अध्यादेशको विपक्षमा उभिएको छ । लोसपाले बुधबार विज्ञप्ति जारी गरेर अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको जनाएको छ । 

‘अध्यादेशले वन फडानी र अवैध कब्जा गर्ने प्रवृत्तिलाई बढावा दिने हाम्रो ठहर छ । समग्रमा यो अध्यादेश जनताको हितविपरित भएको हाम्रो स्पष्ट धारणा छ,’ अध्यक्ष महन्थ ठाकुरद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अवस्थामा लोसपा नेपालले यस अध्यादेशलाई यथास्थितिमा समर्थन गर्न नसक्ने निर्णय लिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।’ 

अत्यन्त गरीब र पिछिडिएका डोम, मुसहर, चमार, दुसाध, सन्थाल, गनगाई, राजवंशी, रानाथारुलगायतका पूर्णरुपमा कृषिमा आधारित गरिब समुदायलाई यसको उपलब्धिको दायराबाट वञ्चित राखिने अध्यादेशको अन्तर्य रहेको लोसपाको दाबी छ । 

लोसपाबाट प्रतिनिधिसभामा चार र राष्ट्रियसभामा एकजना सांसद छन् । यसअघि सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालले पनि भूमिसम्बन्धी अध्यादेशको पक्षमा नउभिने घोषणा गरेको थियो । राष्ट्रियसभामा जसपा नेपालका तीन जना सांसद छन् ।

राष्ट्रियसभामा संसदीय अंकगणितको सुनिश्चितता नदेखिएपछि सरकारले संघीय संसदका दुवै सदनमा अध्यादेशहरू निर्णयार्थ पेस गर्न सकेको छैन ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : २० बजे

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन

प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता

नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा

झापा–२ मा प्रतिस्पर्धी उम्मेदवारबीच आत्मीयता

काठमाडौं – झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सरिता

काठमाडौं- १ मा बाबुराम आचार्य कांग्रेसका बागी उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो