भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधि  ‘राजनीतिकरण’ को विरोध « Khabarhub

भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधि  ‘राजनीतिकरण’ को विरोध


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘अधिनायकवादी शासनहरू’ ले नागरिकहरूमाथि बढ्दो नियन्त्रणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न खोजिरहेको चेतावनी दिएपछि चीनले बुधबार प्रविधि र व्यापारसँग सम्बन्धित मुद्दाहरूको ‘राजनीतिकरण’ को विरोध गरेको बताएको छ ।

विश्व नेताहरू यस हप्ता पेरिसमा एआई शिखर सम्मेलनका लागि भेला भएका थिए । सम्मेलनमा दर्जनौँ राष्ट्रले प्रविधिलाई ‘खुला’ र ‘नैतिक’ बनाउन कडा नियमन गर्न आह्वान गर्दै एक वक्तव्यमा हस्ताक्षर गरेका थिए ।

तर, बेलायतसँगै बढ्दो महत्त्वपूर्ण क्षेत्रमा प्रभुत्व जमाएको संयुक्त राज्य अमेरिकाले त्यो घोषणापत्रमा हस्ताक्षर गरेन ।

चीनलाई लक्षित गर्दै भान्सले एआईमा ‘अधिनायकवादी शासनहरू’ सँगको सहकार्य विरुद्ध सचेत गराउँदै भने, ‘उनीहरूसँग साझेदारी गर्नु भनेको तपाईँको राष्ट्रलाई एउटा अधिनायकवादी मालिकसँग बाँध्नु हो जसले तपाईँको सूचना पूर्वाधारमा घुसपैठ गर्न, जम्न र कब्जा गर्न खोज्छ ।’

बेइजिङमा बुधबार नियमित पत्रकार सम्मेलनमा टिप्पणीहरूबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले ‘एआईको सुरक्षालाई महत्त्व दिएको’ बताएको छ ।

‘हामी विचारधारामा आधारित रेखा कोर्ने, राष्ट्रिय सुरक्षाको अवधारणालाई सामान्य बनाउने र आर्थिक, व्यापार र प्राविधिक मुद्दाहरूको राजनीतिकरण गर्ने अभ्यासको विरोध गर्दछौँ’, मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, ‘चीन खुला स्रोत एआई प्रविधिको वकालत गर्दछ र एआई सेवाहरूको पहुँचलाई बढावा दिन्छ ।’

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ३५ बजे

विल स्मिथविरुद्ध यौन दुर्व्यवहार र प्रतिशोधको मुद्दा दायर

काठमाडौं– अमेरिकी अभिनेता तथा र्‍यापर विल स्मिथ माथि भायोलिनिष्ट ब्रायन

माथिल्लो मुस्ताङ भ्रमण गर्ने पर्यटक घटे

मुस्ताङ– सन् २०२४ को तुलनामा सन् २०२५ मा माथिल्लो मुस्ताङ

के कांग्रेस फुट्न लागेकै हो ?

काठमाडौं– महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा नेतृत्वमा विशेष महाधिवेशन

विश्वप्रकाशको दाबी : विशेष महाधिवेशनबाट नयाँ नेतृत्व आउँछ, कांग्रेस फुट्दैन

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनले पार्टीलाई विभाजन

प्रभास–त्रिप्ती जोडीको प्यान–इन्डिया फिल्म स्पिरिटको पहिलो लुक सार्वजनिक

काठमाडौं– बलिउड निर्देशक संदीप रेड्डी वाङ्गा र अभिनेता प्रभासको पहिलो