भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधि  ‘राजनीतिकरण’ को विरोध « Khabarhub

भान्सको एआई चेतावनीपछि चीनद्वारा प्रविधि  ‘राजनीतिकरण’ को विरोध


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


183
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– अमेरिकी उपराष्ट्रपति जेडी भान्सले ‘अधिनायकवादी शासनहरू’ ले नागरिकहरूमाथि बढ्दो नियन्त्रणका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गर्न खोजिरहेको चेतावनी दिएपछि चीनले बुधबार प्रविधि र व्यापारसँग सम्बन्धित मुद्दाहरूको ‘राजनीतिकरण’ को विरोध गरेको बताएको छ ।

विश्व नेताहरू यस हप्ता पेरिसमा एआई शिखर सम्मेलनका लागि भेला भएका थिए । सम्मेलनमा दर्जनौँ राष्ट्रले प्रविधिलाई ‘खुला’ र ‘नैतिक’ बनाउन कडा नियमन गर्न आह्वान गर्दै एक वक्तव्यमा हस्ताक्षर गरेका थिए ।

तर, बेलायतसँगै बढ्दो महत्त्वपूर्ण क्षेत्रमा प्रभुत्व जमाएको संयुक्त राज्य अमेरिकाले त्यो घोषणापत्रमा हस्ताक्षर गरेन ।

चीनलाई लक्षित गर्दै भान्सले एआईमा ‘अधिनायकवादी शासनहरू’ सँगको सहकार्य विरुद्ध सचेत गराउँदै भने, ‘उनीहरूसँग साझेदारी गर्नु भनेको तपाईँको राष्ट्रलाई एउटा अधिनायकवादी मालिकसँग बाँध्नु हो जसले तपाईँको सूचना पूर्वाधारमा घुसपैठ गर्न, जम्न र कब्जा गर्न खोज्छ ।’

बेइजिङमा बुधबार नियमित पत्रकार सम्मेलनमा टिप्पणीहरूबारे सोधिएको प्रश्नमा चीनको विदेश मन्त्रालयले ‘एआईको सुरक्षालाई महत्त्व दिएको’ बताएको छ ।

‘हामी विचारधारामा आधारित रेखा कोर्ने, राष्ट्रिय सुरक्षाको अवधारणालाई सामान्य बनाउने र आर्थिक, व्यापार र प्राविधिक मुद्दाहरूको राजनीतिकरण गर्ने अभ्यासको विरोध गर्दछौँ’, मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने, ‘चीन खुला स्रोत एआई प्रविधिको वकालत गर्दछ र एआई सेवाहरूको पहुँचलाई बढावा दिन्छ ।’

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  ५ : ३५ बजे

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक

मूल्य बढी पाइने आशमा बोटमै जुनार

रामेछाप– मुलुक चुनावी माहोलले तातिएको छ । तर यहाँका किसानलाई

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन सञ्चालनमा

काठमाडौं– कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजना अन्तर्गतको कोहलपुर–सुर्खेत १३२

मुम्बईबाट चेन्नई पुग्यो नेपाली क्रिकेट टिम : मंगलबार यूएईसँग अभ्यास खेल

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिम मुम्बईमा दुई अभ्यास खेल

अभिनयमा ‘फ्लप’ गायकको घानमा थपिए– प्रकाश सपुत !

काठमाडौं – ठूलो पर्दाको रहर अपवाद बाहेक कुन कलाकारलाई नहोला