अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ « Khabarhub

अदालतबाट दोषी ठहर भए पनि फरार रहेका १५३ जना पक्राउ


३० माघ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


240
Shares
  • change font
  • change font
  • change font

पोखरा – कास्की प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका १५३ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा १२५ जना पुरुष र २८ जना महिला रहेका छन्।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय कास्की र मातहतका प्रहरी कार्यालयबाट खटिएको टोलीले माघ १ गतेदेखि ३० गतेसम्मको अवधिमा पक्राउ गरेको हो।

पक्राउ परेकाहरुबाट ५ वर्ष २ महिना १६ दिन कैद सजाय र १ करोड ५२ लाख ४८ हजार ८ सय ८६ रुपैयाँ जरिवाना असुल गर्न बाँकी रहेको छ। उनीहरुलाई फैसला कार्यान्वयनको लागि अदालतमा पेश गरिएको छ।

पक्राउ पर्नेहरुमा चेक अनादर मुद्दामा ९६ जना, लागुऔषध मुद्दामा १४ जना, बैंकिङ कसुरमा १८ जना, अभद्र व्यवहारमा ५ जना, न्यूनस्तरको खाद्य उत्पादन बिक्री गरेकोमा २ जना, स्वास्थ्यकर्मी तथा संस्थाको सुरक्षा सम्बन्धी मुद्दामा २ जना, सवारी ज्यान मुद्दामा १ जना, कुटपिट मुद्दामा १ जना, जालसाजी मुद्दामा ४ जना, लेनदेन मुद्दामा १ जना र चोरी मुद्दामा ९ जना रहेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षाक अविनाशदिप जिसीले जानकारी दिए ।

प्रकाशित मिति : ३० माघ २०८१, बुधबार  १० : ०४ बजे

एसियाली राजमार्ग निर्माणका अवरोध हटाउन पहल

झापा– पूर्वपश्चिम राजमार्गअन्तर्गत एसियाली राजमार्गका रूपमा स्तरोन्नति भइरहेको काँकरभिट्टा–लौकही सडकको

विपद प्रभावित जलजलामा क्षतिको विवरण सङ्कलन अन्तिम चरणमा

म्याग्दी– मनसुनजन्य विपदबाट प्रभावित बनेको म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको

हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एनपीएलमा आज काठमाडौँ र कर्णाली, सुदूरपश्चिम र चितवन भिड्दै

काठमाडाैँ- नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज सोमबार दुई खेल

स्याङ्जामा दुई लाख ४९ हजार मतदाता कायम

स्याङ्जा– जिल्ला निर्वाचन कार्यालय स्याङ्जाले दुई हजार ५७२ मतदाताको नाम