आज २०८१ साल फागुन २८ गते बुधबारको राशिफल « Khabarhub

आज २०८१ साल फागुन २८ गते बुधबारको राशिफल


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल फागुन २८ गते बुधबार फागुन शुक्ल पक्षको त्रयोदशी तिथि। तदनुसार सन् २०२५ मार्च १२ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। खर्च गर्न सचेत बन्नुपर्ने छ। शिक्षा क्षेत्रको लगानीले उत्साहित बनाउने छ। साथीको सहयोग प्राप्त हुनेछ। राजनीतिक क्षेत्रमा अवसर प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : तपाईंको बोलीको प्रभाव राम्रो छ। बोल्दा सचेत बन्नुपर्नेछ। सामाजिक कार्यक्षेत्रमा बोल्दा विशेष ख्याल गर्नुपर्नेछ। विदेशतर्फ आकर्षण बढ्नेछ। परदेशमा गरेको लगानीबाट फाइदा हुनेछ।

मिथुन : दिन सामान्य छ। साना कुराले मन अशान्त बन्नसक्छ। व्यापारमा सहकार्य गरेर अगाडि बढ्न सकिने छ। स्वास्थ्यमा गरेको प्रयास सफल बन्नेछ। शिक्षाको क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ।

कर्कट : धनलक्ष्मी योग परेको छ। सम्पत्तिको सदुपयोग गर्नुपर्नेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। व्यापारमा फाइदा हुने योग छ। परिवारसँग काम गर्दा एक पटक सोच्नुपर्ने दिन छ।

सिंह : चन्द्रमा तपाईंको राशिमा आइपुगेकाले दिन राम्रो बन्नेछ। धार्मिक क्षेत्रको भ्रमण सफल बन्नेछ। सम्पत्ति खर्च भए पनि इज्जत बढ्नेछ। परिवारको तर्फबाट खुशी मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : सञ्चित धन खर्च हुनेछ। मन अशान्त बन्नसक्छ। हरेक काममा अवरोध हुनसक्ने खतरा छ। परिवारसँगको जिम्मेवारीको बोझले मन अशान्त बन्ने जोखिम छ। प्रेम सम्बन्ध सामान्य ढंगले अगाडि बढ्नेछ।

तुला : दिन राम्रो छ। शिक्षाको क्षेत्रमा मिहिनेतको फल प्राप्त हुनेछ। राज्यका अंगमा तपाईंको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नुहुनेछ। दक्षिणको लामो यत्रा नगर्नु उचित हुन्छ।

वृश्चिक : दिन राम्रो छ। सप्तम भावमा उदयमान वृहस्पति रहेकाले शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यावहारिक समस्याको समाधान हुनेछ। काम गर्ने समयमा हिम्मत गर्नुपर्नेछ। राज्यका अंगमा जिम्मेवारी भए बढुवा हुनेछ।

धनु : स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा गरेको मिहिनेतको फल प्राप्त हुनेछ। रोजगारीका क्षेत्रमा अवरोध हुने जोखिम छ। थोरै बोलेर अगाडि बढ्नु उचित हुनेछ। परिवारलाई समय दिन नसक्दा खटपटी बढ्नेछ।

मकर : अन्त्य साढेसाती दशा चलिरहेको छ। हरेक काममा अवरोध सिर्जना हुनेछ। आफ्ना भनेर विश्वास गरेका मान्छेबाट धोका हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।

कुम्भ : दिन तनावपूर्ण बन्नेछ। साना कुराले मनमा झन्झट आइपर्नेछ। लग्न कुण्डलीमा शनि तेस्रो, छैटौं र ११ औं स्थानमा भए उन्नति हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्धमा सुधार हुनेछ।

मीन : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। बोल्दा सचेत बन्नुपर्नेछ। व्यापारमा साझेदारी भएमा फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सहज बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ०७ बजे

उपत्यकामा बर्डफ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

काठमाडौं- पशुसेवा विभागले काठमाडौं उपत्यका तथा आसपासका क्षेत्रमा बर्डफ्लु सङ्क्रमण

सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन

काठमाडौं– सुकुम्वासीहरूलाई व्यवस्थापन गर्न ढिलाइ गरिएको भन्दै काठमाडौंमा प्रदर्शन भएको

इरानमा कडा अनुगमन आवश्यक : आईएईए

तेहरान- मध्यपूर्व युद्धपछि इरानको आणविक कार्यक्रममाथि कडा अन्तर्राष्ट्रिय निगरानी आवश्यक

हिजबुल्लाहको दाबी : शान्ति सम्झौता अमेरिका र इजरायलको हार

बेरुत- हिजबुल्लाहका प्रमुख नईम कासिमले इरान दृढतापूर्वक अडिग रहेर अन्ततः

भारतमा मन्दिरबाट चोरी र प्रसादको दुरुपयोग गरेको आरोपमा आठजना पक्राउ

लखनऊ– भारतीय प्रहरीले उत्तर प्रदेश राज्यको राम मन्दिरमा  चोरी र