युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने « Khabarhub

युक्रेन ३० दिन युद्ध विराम गर्न तयार, अमेरिकाले सहयोगलाई निरन्तरता दिने


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

साउदी – साउदी अरेबियामा अमेरिकासँग भएको वार्तासँगै युक्रेनले रुससँग ३० दिन युद्ध विराम गर्ने सहमति जनाएको छ।

युक्रेन जल, जमिन र हवाई युद्ध रोक्नका लागि तयार भएको हो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको कार्यालयका उप प्रमुखले अमेरिकाले फेरि सैन्य सहयोगलाई निरन्तरता दिने सहमति समेत भएको बताएका छन्।

अमेरिकी विदेश मन्त्रीले बल रुसको कोर्टमा पुगेको बताए। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनी समकक्षी जेलेन्स्कीलाई फेरि ह्वाइट हाउमसा आमन्त्रण गर्न तयार रहेको बताएका छन्। राष्ट्रपति जेलेन्स्की समावेश नभएको सो वार्तामा उनको प्रतिनिधित्व आन्द्रे यारमाकले गरेका थिए।

सो वार्तापछि जेलेन्स्कीले पोस्ट गरेको भिडियोमा तीन कुरा प्रमुख छन्। आकाश, जल र जमिनमा शान्ति, बन्दीको रिहाइ तथा अपहरण गरिएका युक्रेनका बालकको रिहाइ पहिलो चरणमा युक्रेनले राखेको शर्त हो। पहिलो चरणमा ३० दिनको युद्ध विराम भएमा अर्को चरणका लागि समेत तयार भएको उनले बताएका छन्।

साउदी अरेबियामा भएको वार्तामा सहभागी नेता । गेट्टी इमेज

अमेरिकी विदेश मन्त्री मार्क रुबियोले ८ घण्टा लामो वार्ताको विषय खनिज सम्झौता नभएको बताएका छन्।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : ४१ बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका