अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै « Khabarhub

अमेरिकाले आयातमा लगाएको २५ प्रतिशत कर बुधबार रातिदेखि कार्यान्वयन हुँदै


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


243
Shares
  • change font
  • change font
  • change font

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाबाट आयात हुने स्टिल र अल्मनियममा २५ प्रतिशत कर लगाउने विषयमा गरेको निर्णय बुधबार रातिदेखि कार्यान्वयनमा जाँदैछ।

केही घण्टा अघि मात्र ट्रम्पले ती सामानमा घोषणा भएको कर कार्यान्वयन हुने बताएका हुन्। क्यानडाको ओन्टरियो प्रान्तले अमेरिकाको उत्तरी राज्यमा लाने बिजुलीको मूल्यमा २५ प्रतिशत वृद्धि गर्ने निर्णयबाट फिर्ता हुने जनाए पनि ट्रम्प २५ प्रतिशत करको निर्णयबाट पछि नहट्ने बताएका हुन्।

ओन्टरियोका प्रिमियर ड्रग फोर्डले अमेरिकासँगको वार्ता भइरहेको तथा अमेरिकी वाणिज्य मन्त्री हवार्ड लुटनिकले आफूलाई वार्ताका लागि अमेरिका बोलाएको बताएका छन्।

क्यानडाले लगाएको २५ प्रतिशत मूल्य वृद्धिले मिनोस्टा, न्युयोर्क र मिचिगनमा १५ लाख घर तथा व्यवसाय प्रभावित हुने थिए। क्यानडाका अनुसार उसले अमेरिकामा दैनिक १२ हजार मेघावाट बिजुली बिक्री गर्ने गरेको छ।

फेब्रुअरी महिनामा नै भएको निर्णय अनुसार बुधबार रातिदेखि थप कर लागु हुने देशमा अर्जेन्टिना, अस्ट्रेलिया, ब्राजिल, युरोपेली युनियनका देश, जापान, मेक्सिको, दक्षिण कोरिया र बेलायतमा प्रभाव पर्ने छ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : २० बजे

परराष्ट्रमन्त्री खनाल ‘प्रि-कोप लिडर्स इभेन्ट’ मा सहभागी हुन फिजीमा

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल जलवायु परिवर्तनसम्बन्धी ‘प्रि–कोप लिडर्स इभेन्ट’ मा सहभागी

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका