राफिन्हा र यमालको शानदार प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा « Khabarhub

राफिन्हा र यमालको शानदार प्रदर्शनमा बार्सिलोना क्वार्टरफाइनलमा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – बार्सिलोना युरोपेली च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेको छ।

क्वार्टरफाइनल प्रवेश गर्ने क्रममा बार्सिलोनाले मंगलबार राति भएको दोस्रो चरणको दोस्रो लेगमा बेनफिकालाई ३-१ ले हरायो।

पहिलो लेगमा १–० को सफलता पाएको बार्सिलोनाले एग्रिगेटमा ४-१ ले जीत हात पारेको हो।

बार्सिलोनाको घरेलु मैदानमा भएको खेलमा टिनएजर लामिन यमाल नायक भए। उनले ११ औँ मिनेटमा राफिन्हाका लागि गोल गर्ने अवसर दिएका थिए भने २७ औँ मिनेटमा आफैले गोल गरे। राफिन्हाले गोल गरेको दुई मिनेटपछि नै निकोलास ओडेमान्डीले उत्कृष्ट हेड गोल गर्दै बेनफिकालाई खेलमा फर्काएका थिए।

रफिन्हाले नै ४२ औँ मिनेटमा बार्सिलोनाका लागि अर्को गोल गरे। उनी च्याम्पियन्स लिगमा १६ गोलमा आबद्ध भएका छन् । उनले ११ गोल गरेका छन् भने ५ एसिस्ट गरेका छन्।

मेसीले सन् २०११ र १२ को सिजनमा १४ गोल गर्दै ५ एसिस्ट गरेका थिए।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : ५१ बजे

नेपाललाई अतिकम विकसित मुलुक स्तरोन्नतिका लागि थप तीन वर्ष, बालेन सरकारको कूटनीतिक सफलता

काठमाडौं– संयुक्त राष्ट्रसंघको महासभाले नेपाललाई अतिकम विकसित मुलुक (एलडीसी) को

सप्तकोशीमा नयाँ पुल निर्माण गर्ने तयारी

सप्तरी– सप्तरी र सुनसरी जिल्ला जोडिएको कोशी ब्यारेज पुलको विकल्पका

नक्कली सवारी दर्ता किताब बनाई ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं– नक्कली सवारी दर्ता किताब बनाई ठगी गर्ने कार्यमा संलग्न रहेको

अर्नब चक्रवातको प्रभावले देशभर मौसम बदली, काठमाडौंमा सामान्य वर्षा

काठमाडौं– बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव नेपालमा पनि देखिन

मुस्ताङको पर्यटन सुस्ताउँदै

मुस्ताङ– मुस्ताङको पर्यटन पुनः सुस्ताउँदै गएको छ । भारी हिमपात,