नेको इन्सुरेन्सको हकप्रद शेयरमा दरखास्त दिने समय थप | Khabarhub Khabarhub

नेको इन्सुरेन्सको हकप्रद शेयरमा दरखास्त दिने समय थप


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेको इन्सुरेन्सले हकप्रद शेयरमा आवेदन दिने म्याद चैत १४ गतेसम्मका लागि थप गरेको छ ।

यसअघि कम्पनीले फागुन २८ गतेसम्म हकप्रद शेयरमा आवेदन दिन सकिने जनाएको थियो । तर, उक्त समयमा मागअनुसार आवेदन नपरेकाले यस कम्पनीले हकप्रद शेयरमा आवेदन दिने समय थप गरेको हो ।

नेको इन्सुरेन्सले फागुन ८ गतेदेखि २५ प्रतिशत हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद शेयर जारी गरेको छ । जसअनुसार यसले १ सय अङ्कित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ रुपैयाँ बराबरको हकप्रद शेयर निष्कासन गरेको हो ।

उक्त हकप्रद शेयरको लागि नेकोले माघ १८ गते बुक क्लोज गरेको थियो । त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद शेयरको दाबी गर्न पाउनेछन् ।

यो हकप्रद शेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो शेयरमार्फत आवेदन दिन सकिनेछ ।

हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १० : ०१ बजे

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको

रिजाल धारा खानेपानी मुहान संरक्षणले नागरिकलाई सहज

भोजपुर– पौवादुङमा गाउँपालिका-३ मा रिजाल धारा मुहान संरक्षण तथा खानेपानी

पशुपालक किसानलाई नगद अनुदान

गोरखा– उत्तरी गोरखाको धार्चे गाउँपालिकाले मासु उत्पादन गर्ने किसानलाई नगद

बाख्रापालनमा जमेका चन्द दम्पती

टीकापुर– गाउँघरमा पछिल्लो समय वैदेशिक रोजगारीका लागि जाने क्रम बढेका