‘मितज्यू’ बाट तेरियाको डेब्यू पक्का, हिरो दयाहाङ ? « Khabarhub

‘मितज्यू’ बाट तेरियाको डेब्यू पक्का, हिरो दयाहाङ ?


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नृत्यबाट चर्चा कमाएकी तेरिया मगरले फिल्ममा डेब्यू गर्ने पक्का भएको छ । उनले फिल्म ‘मितज्यू’का लागि कागजी सम्झौता गरेकी हुन् ।

अनिल बूढा मगरको निर्देशन रहने यस फिल्ममा अभिनेता दयाहाङ राई पनि अनुबन्ध भएका छन् । उनीहरू दुवैले कागजी सम्झौता गरिसेको निर्माण पक्षले जनाएको छ ।

तेरिया विगत केही समयदेखि फिल्ममा अभिनय गर्ने इच्छा देखाउँदै आएकी थिइन् । अन्ततः उनको फिल्ममा आउने सपना पूरा भएको छ । अहिलेको चल्तीका स्टार दयाहाङको अभिनय रहने फिल्मबाटै डेब्यू गर्न पाउने उनको लागि सुखद पक्ष हो ।

फिल्ममा तेरिया अभिनेता दयाहाङको जोडी भूमिका देखिने हुन् वा होइनन् भन्ने बारे निर्माण पक्षले खुलाएको छैन ।

तेरिया फिल्ममा आउनुभन्दा अगाडि नै नृत्यमा नाम कमाएकी कलाकार हुन् । उनले भारतीय रियालिटी शो ‘डान्स इन्डियाडान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता हुन् ।

तेरियाले सन् २०२२ मा भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ मा ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् ।

फिल्मका अन्य कलाकार चयनको काम बाँकी रहेको निर्माण पक्षले जनाएको छ । छायाङ्कन आगामी नयाँ वर्षको सुरुवातबाट सुरु हुने निर्देशक मगरले बताए ।
निर्देशक मगर र दयाहाङको यो दोस्रो सहकार्य हुनेछ । यो वर्षको हिट फिल्म ‘घर ज्वाइँ’मा उनीहरुको सहकार्य भएको थियो ।

जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्ममा जनक घर्ती मगरको लगानी रहनेछ ।

फिल्मको प्रदर्शन मिति वि.सं २०८२ को चैत २७ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : ०२ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्