‘मितज्यू’ बाट तेरियाको डेब्यू पक्का, हिरो दयाहाङ ? « Khabarhub

‘मितज्यू’ बाट तेरियाको डेब्यू पक्का, हिरो दयाहाङ ?


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नृत्यबाट चर्चा कमाएकी तेरिया मगरले फिल्ममा डेब्यू गर्ने पक्का भएको छ । उनले फिल्म ‘मितज्यू’का लागि कागजी सम्झौता गरेकी हुन् ।

अनिल बूढा मगरको निर्देशन रहने यस फिल्ममा अभिनेता दयाहाङ राई पनि अनुबन्ध भएका छन् । उनीहरू दुवैले कागजी सम्झौता गरिसेको निर्माण पक्षले जनाएको छ ।

तेरिया विगत केही समयदेखि फिल्ममा अभिनय गर्ने इच्छा देखाउँदै आएकी थिइन् । अन्ततः उनको फिल्ममा आउने सपना पूरा भएको छ । अहिलेको चल्तीका स्टार दयाहाङको अभिनय रहने फिल्मबाटै डेब्यू गर्न पाउने उनको लागि सुखद पक्ष हो ।

फिल्ममा तेरिया अभिनेता दयाहाङको जोडी भूमिका देखिने हुन् वा होइनन् भन्ने बारे निर्माण पक्षले खुलाएको छैन ।

तेरिया फिल्ममा आउनुभन्दा अगाडि नै नृत्यमा नाम कमाएकी कलाकार हुन् । उनले भारतीय रियालिटी शो ‘डान्स इन्डियाडान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता हुन् ।

तेरियाले सन् २०२२ मा भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ मा ‘क्याम्पस बिट्स’ जस्ता वेव सिरिजमा अभिनय गरेकी थिइन् ।

फिल्मका अन्य कलाकार चयनको काम बाँकी रहेको निर्माण पक्षले जनाएको छ । छायाङ्कन आगामी नयाँ वर्षको सुरुवातबाट सुरु हुने निर्देशक मगरले बताए ।
निर्देशक मगर र दयाहाङको यो दोस्रो सहकार्य हुनेछ । यो वर्षको हिट फिल्म ‘घर ज्वाइँ’मा उनीहरुको सहकार्य भएको थियो ।

जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्ने यस फिल्ममा जनक घर्ती मगरको लगानी रहनेछ ।

फिल्मको प्रदर्शन मिति वि.सं २०८२ को चैत २७ गतेलाई तोकिएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : ०२ बजे

क्रिकेटमा प्रविधिको फड्को : एनपीएलको तेस्रो संस्करणमा डिआरएस लागू हुने

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो पटक डिआरएस

देवी दुर्गाको आराधनाभित्र लुकेको इतिहास र विज्ञान

देवी दुर्गाको पूजा किन गरिन्छ ? महिषासुरमाथि देवीले विजय प्राप्त

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध