तोरन्ल पर्वमा रमाउँदै थकाली समुदाय (तस्बिरहरू) « Khabarhub

तोरन्ल पर्वमा रमाउँदै थकाली समुदाय (तस्बिरहरू)


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- थकाली समुदायले बुधबार तोरन्ल (फागु पूर्णिमा) पर्व मनाएका छन्

नयाँ वर्षका रुपमा यो समुदायले तीन दिनसम्म तोरन्ल पर्व मनाउने गर्दछन्। यस पर्वमा आफ्नो थातथलो म्याग्दी, मुस्ताङ लगायत क्षेत्रबाट बसाइँ सरेर काठमाडौं आएका थकाली समुदायको घरका कन्या वा महिला बिहानै उठेर पितृलाई सम्झेर पूजाआजा गर्दछन् ।

त्यसैगरी छोरी-ज्वाइँ, भान्जी र अरट्ठ आफन्तहरूलाई बोलाएर मीठा-मीठा परिकार खुवाउने र तिर खेल्ने चलन यो पर्वमा चलेको छ ।

थकाली समुदायले यसदिन घरमै बनाएको छ्याङ (लोकल मदिरा) समेत खाने प्रचलन छ । थकाली समुदायले पहिले पहिले फागु पूर्णिमाको रङ्गहरू लगाउँदैन थिए । तर आजभोलि त्यो चलन पनि सुरू भएको छ ।

मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ। तर, मुस्ताङबाट थकाली समुदायहरू बसाइँ सरेर देशका विभिन्न सहर हुँदै विदेशमासमेत गएका छन् ।

तोरन्लक पर्व थकाली समुदायको एक महान पर्व हो । हिउँद यामपछि वसन्त ऋतुको आगमनसँगै यो पर्व सुरू हुने गर्दछ । देश-विदेशमा छरिएका थकाली युवायुवती पर्व मान्न यसबेला जन्मथलो फर्कने गर्दछन् ।

तोरन्ल पर्वको मुख्य विशेषता पितृ पूजा हो । थकाली समुदायका मानिसले आफ्ना दिवंगत पितृलाई खुसी राख्न चोखो पानी चढाउने र मीठा मीठा खानेकुराका परिकार बनाएर चढाउने गर्छन् ।

पूर्णिमाको अघिल्लो दिनदेखि पूर्णिमाको भोलिपल्ट ३ दिनसम्म मध्य रातमा उठेर पितृको नाममा प्रसाद चढाउने चलन रहेको छ ।यसरी पितृको नाममा खानेकुरा चढाउँदा पितृ खुसी भएर उद्दार हुने विश्वास गरिन्छ ।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १२ : ३३ बजे

धरान बस दुर्घटना अपडेट : मृतकको पहिचान खुल्यो

धरान- धरानमा भएको बस दुर्घटनामा ज्यान गुमाएका ५ जनाको पहिचान

बालेनपछि हर्कले दिए राजीनामा, सुनसरी १ बाट प्रतिनिधि सभामा उठ्ने

सुनसरी- धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क सम्पाङ)ले आइतबार साँझ

स्वागत नेपाल राप्रपाबाट टिकट लिएर सभामुख घिमिरेविरुद्ध झापा–२ मा प्रतिस्पर्धा गर्ने

झापा- ‘स्वागत नेपाल’ नामले परिचित भद्रप्रसाद नेपालले फेरि झापा क्षेत्र

सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि अमेरिकी अनुदान स्वीकार गर्ने

काठमाडौं– सरकारले मानव–बाघ अन्तरसम्बन्ध व्यवस्थापन परियोजनाका लागि प्राप्त हुने अमेरिकी

प्रचण्डले छाडेको गोरखा २ मा बाबुराम र चक्रे मिलनको भिडन्त

गोरखा- पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई गोरखा क्षेत्र नम्बर २ बाट