‘टेलिकमहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै लिने भयो’ « Khabarhub

‘टेलिकमहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै लिने भयो’


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– टेलिकम कम्पनीहरूको प्याकेज धनीलाई सस्तोमा दिने र गरिबसँग धेरै लिने प्रकारको भएको नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष भूपेन्द्र भण्डारीले बताएका छन् । 

बुधबार नेपाल आर्थिक पत्रकार समाजले आयोजना गरेको ‘रिभाइटलाइजिङ टेलिकम इन्टस्ट्री’ कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले सो बताएका हुन् ।

अध्यक्ष भण्डारीले अन्य देशमा पनि साना देखि ठूला सम्मको प्याकेज भएको भन्दै नेपालमा भने छोटो समयको प्याकेज लिनेलाई धेरै र मासिक स्तरका प्याकेज लिनेलाई धेरै रकम लिने गरिएको बताए । उनले स साना प्याकेज बनाउन पनि टेलिकम कम्पनीहरूलाई आग्रह गरेका छन् ।

अहिले टेलिकम कम्पनीहरूले प्राधिकरणसमक्ष नयाँ सब्सक्रिप्सन प्लान पेश गरेको तर, त्यसलाई ग्राहकको अधिकारको कोणबाट हेरेर मात्रै लागू गरिनुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : ०० बजे

सुदूरपश्चिम र विराटनगरको खेल हुनेमा अन्यौल

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत ५ ओभरमा छोट्याइएको भनिएको

अमेरिका र इजरायललाई इरानको चेतावनी- फेरि युद्धको कल्पना नगर्नू

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले अमेरिका र इजरायललाई

वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक सञ्चालन

मुस्ताङ– भारी वर्षाले अवरुद्ध जोमसोम–कोरला सडक मर्मतपछि सञ्चालनमा आएको छ

एनपीएल अन्तर्गत विराटनगर र सुदूरपश्चिमबीचको खेल ५ ओभरमा छोट्याइयो

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत शनिबारको दोस्रो खेल ५