दिगो विकासका लागि कार्यशैली परिवर्तन आवश्यक : मन्त्री गुरुङ « Khabarhub

दिगो विकासका लागि कार्यशैली परिवर्तन आवश्यक : मन्त्री गुरुङ


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले दिगो विकासका लागि पुराना ऐन कानूनका साथै कार्यशैली परिवर्तन गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार काठमाडौंमा आयोजना गरेको टेलिकम उद्योग पुनरुत्थान कार्यक्रममा मन्त्री गुरुङले टेलिकम उद्योग पुनरुत्थानका लागि प्रविधिको विकाससंग अघि बढ्नुपर्ने र पुराना ऐन कानून परिमार्जन हुने जानकारी दिए। प्रविधिको विकाससंगै टेलिकम क्षेत्रको विकास गर्न नयाँ ढंगको जनशक्ति आवश्यक रहेको उनले बताए ।

मन्त्री गुरुङले आफू मन्त्री भएपनि प्रविधिको क्षेत्रमा विकास गर्न खोजेपनि सोचेजस्तो काम हुन नसकेको उल्लेख गरे । उनले विधेयकहरू लामो समय अड्कँदा समयमा नै कानून निर्माण हुन नसकेकाले संसद्ले नै टाइमलाइन तोकेर विधेयक अघि बढाउनुपर्नेमा जोड दिए।

विधेयक पास गर्न ५–६ वर्ष लाग्ने देखिएकाले सुशासन तथा आर्थिक विकासका लागि अत्यावश्यक कानून बनाउन अध्यादेश ल्याउनुपरेको उनले बताए । मन्त्री गुरुङले समाजलाई विभाजित गर्न खोज्ने कामलाई नियन्त्रण गर्न सामाजिक विधेयक आवश्यक परेको धारणा राखे । उनले दुर्गा प्रसाईँजस्ता व्यक्तिले सामाजिक सञ्जालको दुरुपयोग गर्दै धार्मिक तथा सामाजिक सद्भाव भड्काउने काम गरिरहेको आरोप समेत लगाए।

त्यस्तै उनले दूर सञ्चार ऐनको मस्यौदा तयार भइ संशोधनको अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबैको छलफल र सुझावपछि सदनमा पेश गर्ने जानकारी दिए। 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : १७ बजे

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल