हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु « Khabarhub

हुम्लामा माटोको ढिस्कोले पुरिँदा एक महिलाको मृत्यु


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

हुम्ला – हुम्लाको मध्यभेगमा आज बिहान माटोको ढिस्कोले पुरिँदा एक महिलाको घटनास्थलमै मृत्यु भएको छ । पुरिएर अन्य चार महिला घाइते भएका छन् । 

सर्केगाड गाउँपालिका–७ रोडिकोट गाउँको राहकोट भन्ने ठाउँमा बिहान घर लिपपोतका लागि माटो लिन गएकी २८ वर्षीया नेत्रकला जैसीको माटोको ढिस्कोले पुरिएर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरेश सुवेदीले जानकारी दिए । माटो खन्ने क्रममा माथिबाट आएको ढिस्कोले पुरेर मृत्यु भएको हो ।

यस्तै माटोको ढिस्कोले पुरेर चार महिला घाइते भएको जानकारी प्राप्त भएको छ । घाइते हुनेमा सर्केगाड–७ रोडिकोटकै २५ वर्षीया तीर्थकला जैसी, २७ वर्षीया जालकी जैसी, २० वर्षीया लक्ष्मी जैसी र २६ वर्षीया मञ्जु जैसी घाइते भएको प्रहरीले जनाएको छ । 

अहिले घाइतेको रोडिकोटमै रहेको स्वास्थ्यचौकीमा प्राथमिक उपचार भइरहेको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : २७ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले