सोविताको आरोप- सरकार असहिष्णु, रविविरुद्ध कानुनलाई प्रतिशोधको तरबार बनायो « Khabarhub

सोविताको आरोप- सरकार असहिष्णु, रविविरुद्ध कानुनलाई प्रतिशोधको तरबार बनायो


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको बताएकी छन् ।

प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधनका क्रममा उनले सरकार अत्यधिक सर्तक, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाज दमन गर्न उद्यत रहेको बताएकी हुन् ।

गौतमले सरकारले जनविश्वास गुमाउँदै गएर गम्भीर संकटमा रहेको पनि बताएकी छन् । उनले अहिलेको संकट सरकार आफैँले निम्त्याएको दाबी गरिन् ।

उनले रास्वपा सभापति एवम् निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि सरकारले कानुनलाई प्रतिशोधको तरबार बनाएको आरोप लगाइन् ।

‘सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो,’ उनले भनिन्, ‘उदाउँदै गरेका नयाँ शक्ति यही गणतन्त्रमा जन्मिए, हुर्किए । तिनीहरू लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे । सरकार उनीहरूलाई नै झुटा मुद्दा लगाएर दमन गरिरहेको छ ।’

सदनमा प्रश्नको जवाफ नदिने, प्रश्न गर्ने सांसदहरूलाई होच्याउने, पत्रकारको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्नेलगायत काम गरेर सरकार नियन्त्रणमुखी शासनको पक्षमा उभिएको उनले बताइन् ।

सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गरे पनि जनताको चेतना नियन्त्रण गर्न नसक्ने भन्दै त्यसविरुद्ध उनले चेतावनी पनि दिएकी छन् ।

सरकार लोकतन्त्रको असली खतराको रुपमा देखापरिरहेको उनले तर्क गरिन् । ‘लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैँ हो’, उनले भनिन्, ‘सबैको विचार अट्ने व्यवहार गर्नुस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : ४८ बजे

जेनजीका नाममा सरकारी कार्यालयमा आगजनी : पूर्वमन्त्री मोदीका स्वकीय सचिव पक्राउ 

विराटनगर– जेनजी आन्दोलनका क्रममा भदौ २४ गते विराटनगरस्थित सरकारी कार्यालयमा

‘सीप र कला कुनै जातको हुँदैन’

महोत्तरी– ‘सीप र कला जातको हुँदैन, दमाहा बजाउँदा मलाई गर्व

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

काठमाडौं – केही समयको आरामसँगै भारतका ब्याट्सम्यान विराट कोहलीले दक्षिण

घरजग्गा कारोबार गर्ने कम्पनीलाई आवेदन दिने म्याद थप

काठमाडौं– भूमि व्यवस्थापन तथा अभिलेख विभागले घर जग्गासम्बन्धी कारोबार गर्न

पेनाल्टीको अवसरले हारबाट जोगियो रियल म्याड्रिड

काठमाडौं – सुरुवाती अग्रता लिएको गिरोनाविरुद्ध पेनाल्टीको अवसर पाएसँगै रियल