सोविताको आरोप- सरकार असहिष्णु, रविविरुद्ध कानुनलाई प्रतिशोधको तरबार बनायो « Khabarhub

सोविताको आरोप- सरकार असहिष्णु, रविविरुद्ध कानुनलाई प्रतिशोधको तरबार बनायो


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोविता गौतमले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार नियन्त्रणमुखी बाटोमा गइरहेको बताएकी छन् ।

प्रतिनिधि सभाको बैठकलाई बुधबार सम्बोधनका क्रममा उनले सरकार अत्यधिक सर्तक, असहिष्णु र उदाउँदै गरेका नयाँ आवाज दमन गर्न उद्यत रहेको बताएकी हुन् ।

गौतमले सरकारले जनविश्वास गुमाउँदै गएर गम्भीर संकटमा रहेको पनि बताएकी छन् । उनले अहिलेको संकट सरकार आफैँले निम्त्याएको दाबी गरिन् ।

उनले रास्वपा सभापति एवम् निलम्बित प्रतिनिधि सभा सदस्य रवि लामिछानेमाथि सरकारले कानुनलाई प्रतिशोधको तरबार बनाएको आरोप लगाइन् ।

‘सरकारले कानुनलाई न्यायको तराजु बनाउनुपर्ने थियो, तर प्रतिशोधको तरबार बनायो,’ उनले भनिन्, ‘उदाउँदै गरेका नयाँ शक्ति यही गणतन्त्रमा जन्मिए, हुर्किए । तिनीहरू लोकतन्त्र जोगाउने पहिलो पंक्तिमा उभिन सक्थे । सरकार उनीहरूलाई नै झुटा मुद्दा लगाएर दमन गरिरहेको छ ।’

सदनमा प्रश्नको जवाफ नदिने, प्रश्न गर्ने सांसदहरूलाई होच्याउने, पत्रकारको पास खोस्ने, सामाजिक सञ्जाल नियन्त्रण गर्न विधेयक ल्याउने, निषेधित क्षेत्र घोषणा गरेर सडक कब्जा गर्नेलगायत काम गरेर सरकार नियन्त्रणमुखी शासनको पक्षमा उभिएको उनले बताइन् ।

सरकारले सदन, सडक, सामाजिक सञ्जाल सबै नियन्त्रण गरे पनि जनताको चेतना नियन्त्रण गर्न नसक्ने भन्दै त्यसविरुद्ध उनले चेतावनी पनि दिएकी छन् ।

सरकार लोकतन्त्रको असली खतराको रुपमा देखापरिरहेको उनले तर्क गरिन् । ‘लोकतन्त्रको असली खतरा कोही हो भने सरकार आफैँ हो’, उनले भनिन्, ‘सबैको विचार अट्ने व्यवहार गर्नुस्, नत्र परिणाम जनताको पक्षमा हुनेछ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  १ : ४८ बजे

सत्य र तथ्यको आधारमा पत्रकारिता गर्नुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले  देश, समाज र जनताको

साइमेक्स इंकले छल्न सकेन भन्सार राजस्व, अदालतले अन्तरिम आदेश नदिएपछि बुझायो रकम

काठमाडौं– चिनियाँ कम्पनी बिवाइडीको नेपालमा आधिकारिक बिक्रेता साइमेक्स इंक कम्पनी

कुसुमले दीपक खड्कालाई भनिन् : अदालतका कर्मचारीदेखि न्यायाधीशसम्म मिलाएको छु भन्दै नहिँड्नुहोला

काठमाडौं– नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा पूर्वसांसद कुसुम थापाले कांग्रेस

रंगशाला देख्दा झस्किने धुर्मुश !

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने महत्वकांक्षाले हाँस्य

अन्नबालीमा वन्यजन्तुको आतंक, टिमुरखेतीमा आर्कषित किसान

पाल्पा– यहाँका किसान टिमुरखेतीमा आर्कषित भएका छन् । खेतबारीमा लगाएको