माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा « Khabarhub

माओवादी उपाध्यक्ष सापकोटाविरुद्धको मुद्दाको सुनुवाइ संवैधानिक इजलासमा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वसभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दामा फेरि सुनुवाइ सुरू भएको छ ।

पटक पटक पेशी सर्दै आएको यो मुद्दाको सर्वोच्चले लामो सयम भइसक्दा पनि अन्तिम छिनोफानो गर्न सकेको छैन । सापकोटाविरुद्ध काभ्रेकी पूर्णिमाया लामाले दायर गरेको रिटको सुनुवाइ अहिले संवैधानिक इजलासमा भइरहेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसहित न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी मनोजकुमार शर्मा र कुमार चुडाल सम्मिलित संवैधानिक इजलासमा यो मुद्दाको सुनुवाइ अघि बढेको हो ।

यसअघि गत असोज ९ गते हालसम्मका प्रगति विवरण माग भएको थियो । तत्कालीन प्रधान्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ तथा न्याायधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासलले अनुसन्धानको विवरण झिकाउन आदेश गरेको थियो ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तव्य ज्यान मुद्दा अनुसन्धान अघि बढाउन माग गर्दै उनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते रिट निवेदन दायर गरेकी थिइन् ।

त्यस्तै उक्त मुद्दामा सापकोटामाथि कारबाहीको माग गर्दै कनकमणि दीक्षित र सुशील प्याकुरेलसमेतले पनि रिट दायर गरेका थिए ।

उक्त मुद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

माओवादी द्वन्द्व चलिरहेका बेला २०६२ साल वैशाखमा काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामाको माओवादी कार्यकर्ताबाट हत्या भएको थियो । त्यसबेला काभ्रे माओवादीको नेतृत्वमा सापकोटा रहेकाले उनको संलग्नता रहेको पीडित परिवारको दाबी छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  २ : ०९ बजे

चितवनविरुद्ध जनकपुरका अनिल शाहको अर्धशतक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

देश विकासका लागि श्रमदान अपरिहार्य : हर्क साम्पाङ 

धरान – देशको दिगो विकासका लागि श्रमदान अपरिहार्य भएको श्रम

चितवनविरुद्ध जनकपुरका माज सदाकतको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको पहिलो

नवलपुरमा धान उत्पादन बढ्यो

त्रिवेणी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)नवलपुरमा धान उत्पादनमा वृद्धि भएको छ । 

लुम्बिनी र रामग्राममा ‘विश्व शान्ति कार्यक्रम’ आयोजना हुने

काठमाडौं– लुम्बिनी र रामग्राममा तेस्रो संस्करणको ‘विश्व शान्ति कार्यक्रम’ आयोजना