होलीमा तडक-भडक, होहल्ला गरेरमा कारवाही हुने « Khabarhub

होलीमा तडक-भडक, होहल्ला गरेरमा कारवाही हुने


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– होलीमा तडक–भडकसहित होहल्ला गरेर होली मनाएमा कारवाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले भडक–भडकसहित होहल्ला गरि समाजलाई असर पारेर होली पर्व मनाउनेमा कारवाही गर्ने भएको हो । 

नेपालीहरूले उल्लासपूर्ण रूपमा मनाउँदै आएको रंगहरुको पर्व फागु पूर्णिमा (होली) पर्वको ऐतिहासिक महत्व बोकेको सांस्कृतिक गौरवको यो पर्व सामाजिक सद्भाव र भाइचारा कायम गर्दै न्यायपूर्ण समाज निर्माण गर्न प्रेरक रहेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले जनाएको छ । 

विगतको तुलनामा हालैका वर्षहरूमा होली पर्व मनाउने नाउँमा अनावश्यक तड़क–भडक सहितका विभिन्न खर्चिला भड्किला कार्यक्रमहरू हुने गरेको पाइएकोले सामाजिक व्यवहार (सुधार) ऐन तथा नियमावली, २०३३ ले धार्मिक, सामाजिक तथा सांस्कृतिक पर्वहरू मनाउने विषयलाई व्यवस्थित र नियमन गरेको विदितै जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचना अधिकारी गीता बरै मगरले बताइन् । 

‘तसर्थ, चाडपर्वहरूको यस अवसरमा शान्ति सुरक्षामा असर पर्ने गरी सार्वजनिक स्थानमा होहल्ला एवम् झै–झगडा गर्ने, मादक पदार्थको सेवन गरी पारिवारिक एवम् सामाजिक जनजीवन तथा सार्वजनिक मर्यादा र शान्ति सुरक्षामा खलल गर्ने, कसैको इच्छा विपरीत रङ्ग एवम् पानीको लोला हान्ने, पानीको फोहोरा हान्ने, जबरजस्ती रङ्ग दल्ने, अति उत्तेजित भई भागदौड गर्दा दुर्घटनामा परी ज्यान समेत जानसक्ने हुँदा यस्ता अमर्यादित कार्य नगर्न नगराउन सबैमा अनुरोध गरेका छौं,’ उनले भनिन्, ‘साथै, आफ्नो अधिकारको उपयोग गर्दा अरूको अधिकार हनन नहुने गरी सांस्कृतिक पर्व मर्यादित, अनुशासित एवम् व्यवस्थित ढङ्गले मनाउन हुन अनुरोध छ । कोही कसैले यस्ता अमर्यादित, उच्छृल, अवाञ्छित एवम् गैरकानूनी क्रियाकलाप गरेमा प्रचलित कानुन बमोजिम कारवाही हुनेछ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ३ : ४४ बजे

चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरणको छापा

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र उनका निकटका केही व्यक्ति

गगनलाई सभापतिमा निर्विरोध गराउने प्रयास, खड्गीसँग संवाद जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापतिका उम्मेदवार गगनकुमार थापालाई निर्विरोध

पार्टीलाई बलियो बनाउने गगनको अभियानलाई साथ दिन्छु : सुरेन्द्रराज पाण्डे

काठमाडौं– नेपाली कांग्रेसका नेता सुरेन्द्रराज पाण्डेले अझ गतिशील र सशक्त

वधशाला र मासु पसलमा नयाँ मापदण्ड प्रस्ताव

काठमाडौँ– कृषि, वन तथा पर्यावरण मन्त्रालयले पशु वधशाला र मासु पसललाई

कांग्रेस सभापतिको दौडबाट पछि हटे राठौर, अब गगनका प्रतिस्पर्धी श्यामकृष्ण 

काठमाडौं– नेपाली कांग्रेसको सभापति पदका उम्मेदवार किशोर सिंह राठौरले आफ्नो