उपत्यकाका १० क्याम्पसमा स्ववियु चुनाव अनिश्चित « Khabarhub

उपत्यकाका १० क्याम्पसमा स्ववियु चुनाव अनिश्चित

कतै तालाबन्दी, कतै निर्वाचन समितिको राजीनामा


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


471
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- त्रिभुवन विश्वविद्यालयअन्तर्गत काठमाडौं उपत्यकामा विभिन्न १० क्याम्पसमा स्वतन्त्र विद्यार्थी (स्ववियु) निर्वाचन अनिश्चित बनेको छ ।

सत्तापक्षीय र प्रतिपक्षीय दलका विद्यार्थी संगठनको तालाबन्दी र निर्वाचन समितिका निर्वाचन अधिकृतहरूले राजीनामा दिएकाले विश्वविद्यालयको केन्द्रीय क्याम्पससहितका १० वटामा निर्वाचन अनिश्चित बनेको हो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस, पद्मकन्या बहुमुखी क्याम्पस, नेपाल ल क्याम्पस, शंकरदेव, विश्वभाषा, बाल्मिकी, कोटेश्वर, पब्लिक युथ, सरस्वती र पशुपति बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन अन्यौलमा परेको छ ।

केन्द्रीय क्याम्पसमा नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)को एउटा समूहले तालाबन्दी गरेपछि स्ववियु निर्वाचन कार्यतालिका प्रभावित बनेको छ ।

केन्द्रीय क्याम्पसमा स्ववियु अध्यक्ष श्यामराज ओझाको नेतृत्वमा केन्द्रीय सदस्य अशोक विष्ट, त्रिवि समिति अध्यक्ष विष्णु बडैलालगायतको समूहले बुधबार तालाबन्दी गरेको हो । उनीहरूले अधिकारिक उम्मेदवार अनोज कार्कीविरुद्ध नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले बागी उम्मेदवारी दर्ता गराएको भन्दै तालबन्दी गरेका हुन् ।

पार्टीका महामन्त्री तथा स्ववियु केन्द्रीय परिचालन समिति संयोकज विश्वप्रकाश शर्मा र सह-महामन्त्री तथा नेविसंघ निर्देशक समितिका संयोजक किशोरसिंह राठौरको निर्देशनमा कार्कीले अध्यक्षतामा मनोनयन दर्ता गरिसकेका छन् ।

आधिकारिक रूपमा अध्यक्षमा कार्कीको नेतृत्वको टीम भए पनि नेविसंघ केन्द्रीय समितिको टिकट भन्दै नक्कली हस्ताक्षर र छाप लगाएर मनोनयनका लागि निर्धारित समयपछि अध्यक्षमा दीपकराज जोशीको नाम दर्ता गरिएको उक्त समूहको आरोप छ ।

पद्मकन्यामा निर्वाचन समितिका निर्वाचन अधिकृत डा. शैलेन्दुप्रकाश नेपालले राजीनामा दिएपछि स्ववियु निर्वाचन अनिश्चित बनेको छ ।

उनले क्याम्पसको स्ववियु निर्वाचन विभिन्न गतिरोधका कारण सम्पन्न गर्न असहज परिस्थिति उत्पन्न भएको भन्दै बुधबार क्याम्पस प्रमुखलाई राजीनामा बुझाएका छन् ।

ल क्याम्पसमा सत्ताको नेतृत्व गरिरहेको नेकपा एमालेनिकट अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले तालाबन्दी गरेको छ । अनेरास्ववियुले संगठन दर्ताका क्रममा क्रम संख्या विवाद भएपछि तालाबन्दी गरेको हो ।

अनेरास्ववियुसहितका विभिन्न संगठनहरूको तालबन्दी कारण शंकरदेवमा पनि स्ववियु निर्वाचन अनिश्चित भएको छ । उनीहरूले नेविसंघले तीन सय फर्जी विद्यार्थी भर्ना गरेर निर्वाचन प्रभावित गर्न खोजेको आरोप लगाएका छन् ।

यस्तै प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)निकट अखिल क्रान्तिकारीले विश्वभाषा र पशुपतिमा तालबन्दी गरेपछि निर्वाचन कार्यतालिका प्रभावित भएको छ । अखिल क्रान्तिकारीले दुवै क्याम्पसहरूमा मतदाना नामावलीमा प्रश्न उठाएको छ ।

विद्यार्थी संगठनहरूबीच समझदारी जुट्न नसक्दा बाल्मिकी संस्कृत विद्यापिठमा निर्वाचन प्रयोजनका लागि संगठन दर्ताको काम नै अवरुद्ध भएको छ । त्यस्तै कोटेश्वर बहुमुखी क्याम्पसमा संगठनबीचको विवादका कारण मनोनयन दर्ता नै हुन सकेको छैन ।

कोटेश्वर बहुमुखी क्याम्पसका स्ववियु अध्यक्ष सञ्जय बुढाथोकीले भने, ‘यहाँ नोमिनेसन भएको छैन । निर्वाचन समिति राजीनामा दिन खोजिरहनु भएको छ । हामीले रोकिरहेका छौँ ।’

प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी)निकट विद्यार्थी संगठनले तालाबन्दी गरेपछि सरस्वती बहुमुखी क्याम्पसमा चैत ५ गतेको स्ववियु निर्वाचन प्रभावित बन्ने अवस्था आएको छ ।

यस्तै पब्लिक युथ क्यापसमा भर्नाको विषयलाई लिएर अखिल क्रान्तिकारीले विवाद झिकेपछि स्ववियु निर्वाचन अन्यौलमा परेको छ । स्ववियु सभापति नवीन पाण्डेयले निर्वाचन प्रयोजनका लागि मनोनयन दर्ता हुन बाँकी रहेको जानकारी दिए ।

उनले विद्यार्थी संगठनहरूबीचको विवाद समाधानका लागि चैत १ गते सर्वपक्षीय बैठक बोलाइएको पनि जानकारी दिए । ‘

क्रान्तिकारीले विद्यार्थी भर्नाको विषयमा आपत्ति जनाएको छ,’ उनले खबरहबसँग भने, ‘यहाँ नोमिनेशन भएको छैन । १ गते सर्वपक्षीय बैठक बोलाइएको छ ।’

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ३ : ४६ बजे

टोखाको ऐतिहासिक विस्केट जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्त्व बोकेको टोखाको विस्केट

सिरहाः एक महिनामा १९ स्थानमा आगलागी

सिरहा – गर्मी र सुक्खा मौसम सुरुसँगै सिरहामा आगलागीका घटनामा

छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु, पाँच जना घाइते

बागमती – मकवानपुरको छुट्टाछुट्टै स्थानमा आज साँझ भएको सवारी दुर्घटनामा

भारतीय सहयोगमा बन्न लागेको स्वास्थ्य चौकी शिलान्यास

काठमाडौं– बागलुङको बडिगाड गाउँपालिका–७ भीमगिठेमा स्वास्थ्य चौकी निर्माणका लागि शिलान्यास

सशस्त्र प्रहरी रौतहटद्वारा स्रोत नखुलेको पाँच लाख २२ हजार बरामद

पर्सा – सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर