युगाण्डामा जारी चार देशीय सिरिजमा नेपालको तेस्रो हार « Khabarhub

युगाण्डामा जारी चार देशीय सिरिजमा नेपालको तेस्रो हार


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

 
काठमाडौं – नेपालले युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजमा तेस्रो हार बेहोरेको छ ।

बुधबार सम्पन्न नामिबियासँगको खेलमा नेपाल २३ रनले पराजित भएसँगै प्रतियोगितामा तेस्रो हार बेहोरेको हो। नामिबियाले दिएको १२६ रनको लक्ष्य पछाएको नेपालले २० ओभरमा ५ विकेट गुमाउँदै १०२ रन बनाएको थियो ।

नेपालका लागि साना प्रविणले सर्वाधिक ३१ रन बनाएकी थिइन् भने पुजा महतो र कप्तान इन्दु बर्माले १५-१५ रन बनाएका थिए । यसअघि नामिबियाले टस हारेर पहिला ब्याटिङ गर्दै २० ओभरमा ८ विकेट गुमाएर १२५ रन बनाएको थियो ।

 सर्वाधिक नामिबियाको लागि यसमीन खानले सर्वाधिक ४५ रन बनाइन् भने अरस्ता डिएरगार्टले १६ र  विल्का एम्वाटिलले २० तथा सुने विटम्यानले १५ रन बनाएकी थिइन् ।

त्यसैगरी नेपाली बलर ईश्वरी विष्टले ३ विकेट लिएकी थिइन् भने रचना चौधरीले २ तथा इन्दु बर्मा र रिया श्रेष्ठले एक एक विकेट लिएका थिए ।

यस सिरिजमा नेपालले खेलेका ४ खेलमा एक जित र ३ हार बेहोरेको छ । नेपालले यस अघि नामिबिया र हङकङसँग हार बेहोरेको थियो भने आयोजक युगाण्डालाई पराजित गरेको थियो । त्यस्तै नामिबियाले ४ खेलमा २ जित र २ हार बेहोरेको छ ।

नेपालले अब बिहिबार युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ । त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।    

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ४ : ३१ बजे

धेरै दूध बिक्री गर्ने १५ जना किसान पुरस्कृत

तनहुँ– तनहुँको बन्दीपुर गाउँपालिका–५, याम्पाफाँटका १५ जना किसान पुरस्कृत भएका

पेसागत सफलतामा नैतिकता, निष्ठा र इमानदारीपन चाहिन्छ : प्रधानमन्त्री शाह

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले कुनै पनि पेसागत सफलताका लागि पहिलो

शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको लर्को

काठमाडौँ– दुर्गा पक्षको दोस्रो दिन अर्थात् नवरात्रका अवसरमा देशभरका शक्तिपीठ

अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च

कास्की– कास्कीको अन्नपूर्ण गाउँपालिकाले स्थापना गरेको विपद् व्यवस्थापन कोषमा एक

शुक्लाफाँटामा जङ्गल सफारी खुला

कञ्चनपुर– कञ्चनपुरस्थित शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी खुला