हुम्लाका घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो « Khabarhub

हुम्लाका घाइतेलाई हेलिकप्टरबाट सुर्खेत ल्याइयो


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


162
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– हुुम्लामा माटोको ढिस्कोमा पुरिएर घाइते भएका चार जनाको उद्धार गरी सुर्खेतमा ल्याइएको छ । हुम्लाको सर्केगाड गाउँपालिका–७, रोडिकोटमा माटोको ढिस्कोमा पुरिएर घाइते भएकालाई थप उपचारका लागि सुर्खेत ल्याइएको हो । 

मोटोको ढिस्को पुर्दा स्थानीय नेत्रकला जैशीको मृत्यु हुनका साथै चार जना घाइतेका भएका थिए ।  घाइते भएका वर्ष २५ का तिर्थकला जैशी, वर्ष ३७ का जालकी जैशी, वर्ष २२ का मन्जु जैशी र वर्ष २९ का लक्ष्मादेवी जैशीलाई थप उपचारका लागि सुर्खेत लगिएको जिल्ला प्रशासन कार्यालय हुम्लाका सूचना अधिकारी राजेन्द्रकुमार चन्दले बताए । 

‘उहाँहरूलाई नेपाली सेनाको हेलिकप्टरद्वारा उद्धार गरिएको छ,’ उनले भने, ‘उनीहरूको अहिले कर्णाली प्रदेश अस्पताल कालागाउँमा उपचार भइरहेको छ ।’

घाइतेको सुर्खेतको वीरेन्द्रनगर–१२ स्थित पश्चिम एयर वेशदेखि हुम्लाको लागि टेकअप भएको नेपाली सेनाको हेलिकप्टरबाट उनीहरूलाई उद्धार गरिएको हो ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ४ : ५७ बजे

चालु आवमा ६७ करोड ५० लाखको धान खरिद गरिने

काठमाडौं – सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

काभ्रे प्रशासनमा ‘ग्रीन टोकन’ का सेवाग्राहीलाई प्राथमिकता

बनेपा – सेवाग्राहीलाई प्राथमिकताका आधारमा सहज र छिटो सेवा उपलब्ध

जिप दुर्घटना हुँदा एकको मृत्यु, छ जना घाइते

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–६ डुम्रीडाँडामा आज साँझ बोलेरो जिप

‘विद्युत् व्यापारका लागि भारत भ्रमणमा दीर्घकालीन सम्झौता आवश्यक’

हामीसँग जे छ, जतिवेला छ, त्यसलाई त्यतिवेला नै व्यापार (ट्रेड)