बजारमा होलीको माहोल (तस्बिरहरू) « Khabarhub

बजारमा होलीको माहोल (तस्बिरहरू)


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रङ्गै रङ्गको पर्व होली नजिकिएसँगै बजारमा चहलपहल बढेको छ । भोलि उपत्यकालगायत पहाडी क्षेत्रमा होली मनाइन्छ भने तराईमा शुक्रबार मनाइने छ । होली नजिकिएसँगै राजधानीको असन क्षेत्रमा किनमेल गर्नेको भिड लागेको छ ।

असन र इन्द्रचोकका गल्लीमा होलीका रंग, टीशर्ट, कुर्ता, वाटर गन, र पानीका गुब्बाराहरू किन्नेहरू देखिन्छन् । व्यापारीहरू ग्राहक बोलाइरहेका छन्, कोही रंग छान्दै छन्, कोही मोलमोलाइ गर्दै छन् । सडकभरि चहलपहल छ, होलीको माहोल झल्किएको छ । 

होली खेल्दा लगाइने लुगा बच्चाको जोडीको ३०० र ठूलोको जोडीको ४००मा बिक्री भइरहेको छ भने त्यस्तै पानी हालेर खेल्ने पिचकारी ५० रुपैयाँदेखि १५०० सम्म बिक्री भइरहेको रङको प्याकेटको २० रुपैयाँदेखि २०० रुपैयाँ पर्ने व्यापारीहरू बताउँछन्।

तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ५ : १५ बजे

हर्कले भने : सरकारको सकारात्मक काममा साथ दिन्छौँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले राष्ट्रिय स्वतन्त्र पार्टी

जेन-जी आन्दोलनका २९ घाइतेको बयान : बिना चेतावनी प्रहरीले गोली चलायो 

काठमाडौं– गत भदौ ३ र २४ गते राजधानीका विभिन्न स्थानमा

मध्यपूर्व द्वन्द्व चर्किँदै, वार्ता अनिश्चित

एजेन्सी– मध्यपूर्वमा जारी द्वन्द्व थप जटिल बन्दै गएको छ ।

थरीथरी पोशाकमा सजिएर शपथ लिन पुगे सांसद (तस्बिरहरू)  

काठमाडौं– नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको पद तथा गोपनीयताको शपथ आज हुँदैछ

मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति थालियो

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि फुलबारी–च्युरीबोट–सिस्नेरी हुँदै बागलुङको तमानखोला