युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ « Khabarhub

युक्रेन युद्धविराम प्रस्तावबारे अमेरिकी सूचना पर्खिरहेको क्रेमलिनको भनाइ


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– रूसले साउदी अरबमा भएको वार्तापछि किएभ सहमत भएको युक्रेनमा प्रस्तावित युद्धविरामको विस्तृत विवरणबारे अमेरिकाले जानकारी गराउने प्रतिक्षा गरिरहेको क्रेमलिनले जनाएको छ ।

युक्रेनले ३० दिने युद्धविरामको सुझावलाई समर्थन गर्दै रुससँग तत्काल वार्ता गर्न सहमत भएपछि वासिङ्टनले अब बल मस्कोको कोर्टमा पुगेको बताएको छ । जेद्दाह वार्तापछि अमेरिकाले युक्रेनलाई दिइँदै आएको सैन्य सहायतामा लगाइएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

मस्को युद्धविरामका लागि सहमत हुन्छ कि हुँदैन भन्ने प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले पत्रकारलाई भने, ‘तपाईहरू धेरै अघि बढ्नुभयो ।’

उनले थपे, ‘हामीले आगामी दिनमा अमेरिकीहरूसँग सम्पर्क गर्ने योजना बनाएका छौं, जुन अवधिमा हामी सम्पूर्ण जानकारी प्राप्त गर्ने मा भरोसा गर्दछौं।’

पेस्कोभल भने, ‘अमेरिकी विदेशमन्त्री मार्को रुबियो र सल्लाहकार माइकल वाल्जले आगामी दिनमा विभिन्न च्यानलहरू मार्फत हामीलाई वार्ता र भएका समझदारीहरूको बारेमा जानकारी दिनेछन् भन्ने हामी अनुमान गरेका छौँ ।’ 

युक्रेनसँगको वार्तामा संलग्न अमेरिकी अधिकारीसँग ‘उच्चस्तरीय’ फोन वार्ता हुने सम्भावनालाई स्वीकार्दै उनले भने, ‘अमेरिकासँगको कुराकानी पछि यस सन्दर्भमा के गर्ने भन्ने निर्णय गर्नु उपयुक्त होला ।’

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना आफ्ना अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग युक्रेनमा तीन वर्षदेखि जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कुराकानी गरेका थिए। 

मस्कोले यसअघि युक्रेनमा युद्धविराम गर्न सहमत नहुने बताउँदै आएको थियो र यसले किएभलाई पुनः हतियार उठाउने अवसरको खोजी गरिरहेको तर्क गर्दै आएको थियो।

पेस्कोभले मस्कोले जेद्दाहमा दिइएका सबै वक्तव्यहरूलाई ध्यानपूर्वक अध्ययन गरिरहेको पनि बताए। 
 

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : १३ बजे

मनमोहक तनहुँको ‘दुबुङ गाउँ’

तनहुँ–  विगतमा पुरानो क्षेत्र तनहुँको ऋषिङको विकट क्षेत्रको रुपमा परिचित

मेचीनगरका माध्यमिक विद्यालयमा लैङ्गिक हिंसाविरुद्ध अभियान

झापा– लैङ्गिक हिंसा रोकथामका लागि मेचीनगर नगरपालिकाले दश वटा माध्यमिक

कृषि मन्त्रालयद्वारा बिउबिजन र कृषि उपजको नयाँ बिक्री मूल्य निर्धारण

काठमाडौं– कृषि तथा पशुपक्षी विकास मन्त्रालयले बिउबिजन, बाली र कृषि

सुनको मूल्य हालसम्मकै उच्च, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य ऐतिहासिक उचाइमा पुगेको छ ।

अरनिको राजमार्ग : साँगा–धुलिखेल सडक स्तरोन्नति तीव्र

काभ्रे– अरनिको राजमार्गको सूर्यबिनायक–धुलिखेल सडकखण्डअन्तर्गत पहिलो खण्ड साँगा–धुलिखेल सडकको स्तरोन्नति