‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’ | Khabarhub Khabarhub

‘सञ्चार गृह महिला मैत्री हुनुपर्छ’


२८ फाल्गुन २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

मोरङ– सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृह महिला मैत्री हुनुपर्ने सुझाव सरोकारवालाले दिएका छन् ।

कोशी प्रदेश सामाजिक विकास मन्त्रालय र नेपाल पत्रकार महासङ्घ मोरङद्वारा ११५औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज आयोजित ‘सञ्चार क्षेत्रमा पत्रकार महिलाको अर्थपूर्ण सहभागिता’ सम्बन्धी अन्तरक्रियाका सहभागीले महिला पत्रकारको सङ्ख्या वृद्धिका लागि सञ्चार गृहले महिला पत्रकारलाई सरकारले तोकेको न्यूनतम पारिश्रमिक उपलब्ध गराउन महासङ्घले आवश्यक अनुगमन र पहल गर्नुपर्नेमा जोड दिए ।

प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयकी राज्यमन्त्री सिर्जना राईले सङ्घीय गणतन्त्रलाई प्रवर्द्धन गर्न र सञ्चार क्षेत्रमा महिला पत्रकारको सङ्ख्या वृद्धि गर्न सरकारले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । उनले समाजमा सञ्चारलगायत अन्य क्षेत्रमा महिलामाथि हुने विभेदको अन्त्यका लागि सबै एकजुट भएर लाग्नसमेत आग्रह गरिन् ।

मन्त्रालयका सचिव हेमराज तामाङले महिला पत्रकारलाई न्यून पारिश्रमिकमा काम नगर्न आह्वान गर्दै मन्त्रालयले महिलाका लागि लेखन वृत्ति रकम वृद्धि गर्ने प्रतिबद्धता व्यक्त गरिन् ।

नेपाल पत्रकार महासङ्घ मोरङका अध्यक्ष सुशीला पाठक, उपाध्यक्ष द्वय सन्तोष सिग्देल र तारा आचार्य, सचिव नेत्र पी अधिकारी, कोशी प्रदेश अध्यक्ष भरत खड्का, केन्द्रीय सदस्य कमल रिमाल, मुख्यमन्त्री कार्यालयका प्रेस सल्लाहकार विक्रम लुइँटेल, पत्रकार विवेक गौतमलगायतले महिला पत्रकार र स्थानीय सञ्चार गृहको प्रवर्द्धनका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिइन् ।

कार्यक्रममा महासङ्घ मोरङका पूर्वअध्यक्ष बन्धु पोखरेलले ‘पत्रकारितामा महिला पत्रकारको स्थायित्वको सवाल’ र कान्तिपुर टेलिभिजनका उपसम्पादक महाप्रसाद खतिवडाले ‘सञ्चार क्षेत्रमा महिलाको अर्थपूर्ण सहभागिता र भावी रणनीति’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २८ फाल्गुन २०८१, बुधबार  ६ : ५१ बजे

एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक आज (बिहीबार) बस्दैछ ।

वनको झाडी फाँडेर निगुरो र अम्रिसो खेती

बागलुङ– सामुदायिक वनलाई उत्पादनसँग जोड्न बागलुङको काठेखोला गाउँपालिका– ७ रेशमा

हात्तीको आक्रमणबाट एकजनाको मृत्यु

झापा– झापाको बिर्तामोड– ७ फक्तालुङमा हात्तीको आक्रमणबाट एक जनाको मृत्यु

एसीसी यु-१६ सेमिफाइनलः नेपालको कसिलो बलिङ, २८ रन बनाउँदा मलेसियाले गुमायो चार विकेट

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटको सेमिफाइनलमा

वैदेशिक रोजगारबाट फर्केर केराखेती 

कैलाली– कैलालीको धनगढी उपमहानगरपालिका– १४ फूलबारी एचगाउँका पुष्पराज भण्डारीले व्यावसायिक