चीनले गर्‍यो सञ्चार उपग्रह प्रक्षेपण « Khabarhub

चीनले गर्‍यो सञ्चार उपग्रह प्रक्षेपण


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चीनले नवीनतम प्रविधियुक्त ‘सञ्चार उपग्रह’ सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ । चीनको दक्षिण–पश्चिमी सिचुआन प्रान्तको सिचाङ उपग्रह प्रक्षेपण केन्द्रबाट उक्त उपग्रह प्रक्षेपण गरिएको हो ।

‘लङ मार्च–३ बी’ नामक बोक्ने रकेट प्रयोग गरी प्रक्षेपण गरिएको उपग्रह सफलतापूर्वक निर्धारित कक्षमा प्रवेश गरेको सो केन्द्रले जानकारी दिएको छ ।

उक्त उपग्रह मुख्य रूपमा बहु–तरंग तथा उच्च गतिको सञ्चार प्रविधिसम्बन्धी परीक्षणहरू गर्न प्रयोग गरिनेछ । यस परीक्षणबाट भविष्यमा अझ सुरक्षित, छरितो र भरपर्दो सञ्चार सेवा विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

यो ‘लङ मार्च’ शृङ्खलाको ५६९ औँ प्रक्षेपण अभियान हो । लङ मार्च शृङ्खला चीनको सबैभन्दा भरपर्दो र प्रविधियुक्त बोक्ने यानहरूमध्ये एक मानिन्छ, जसले लामो समयदेखि चीनको अन्तरिक्ष अभियानमा महत्वपूर्ण योगदान दिँदै आएको छ ।

यस उपग्रहको सफल प्रक्षेपणसँगै चीनले विश्वस्तरमा आफ्नो अन्तरिक्ष तथा सञ्चार प्रविधिको क्षेत्रमा निरन्तर प्रगति गरिरहेको सन्देश दिएको छ ।

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ७ : ०७ बजे

हेलिकप्टरमार्फत गर्भवतीको उद्वार

सिमकोट (हुम्ला )- सुत्केरी व्यथा लागेकी एक जना गर्भवतीको आज

पदबहाली गर्दै पर्यटनमन्त्री भन्छन्- समृद्धिको खाका मन्त्रालयबाट सुरू हुन्छ

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आज

पौने १९ करोड अपचलन गर्ने सहकारी सञ्चालकविरुद्ध मुद्दा

काभ्रेपलाञ्चोक– सहकारीको १८ करोड ७६ लाख चार हजार ५३२ रुपैयाँ अपचलन

पश्चिम एशियामा तनाव चर्किंदै, कूटनीति र आक्रमण सँगसँगै

पेरिस- पश्चिम एशियामा जारी द्वन्द्वले सैन्य आक्रमण र कूटनीतिक प्रयासलाई