घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरैको परीक्षण | Khabarhub Khabarhub

घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरैको परीक्षण


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरैको परीक्षण गरिरहेको छ ।

कामपाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार घुम्ती प्रयोगशालाको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल, नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरिएको थियो ।

कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच यस अघिनै सम्झौता गरेर कामपा र विभागको संयुक्त अनुगमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गरेका हुन् ।

प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको अवशेषको परिणाम परीक्षण गर्ने उपकरण (आरबीपीआर) छ ।

दूधमा भएको सोडा, चिनी, नून, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एड्ल्टरेसन किट, दूधको सोलिड नट फ्याट (एसएन एफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एड्ल्टरेसन किट, पानीको पिएच परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।

सङ्कलित खाद्यपदार्थ नमूनाको तौल जाँच्ने उपकरण ब्यालेन्स, खाद्य पदार्थको नमूना परीक्षण लागि आवश्यक पर्ने वाटर बाथ, जलाङश परीक्षण गर्ने मोइस्चर ब्यालेन्स पनि प्रयोगशालामा छ ।

नमूना खाद्य पदार्थ जाँच्नका लागि पिनेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थको नमूनालाई एकरूपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर छन् । तेल, घ्यू जस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इण्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केटचप, फलफूल जुसमा टिएस एस (सम्पूर्ण घुलनशील ठोस) परीक्षण गर्ने रिफ्राक्टोमिटर छ । नमूना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक ब्यूरेट  छ । हानिकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ ।

प्रयोगशाला तापक्रम अनुकुलित (एअर कन्डिसन) र सङ्कलित नमूनाका कणहरूको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनीएक्टर पनि रहेको कामपाले जानकारी दिएको छ ।  खाद्यपदार्थ तताउने प्लेट छ । मिठाइमा प्रयोग गरिने अखाद्य रङको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकाले मिठाइमा रङको मिसावट तत्कालै थाहा पाउन सकिन्छ ।

उपकरणको प्रयोगले बजारबाट सङ्कलित नमूना तत्कालै परीक्षण गरी नतिजा देखाउन सकिन्छ । खाद्य सेवासँग सम्बन्धित अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन ल्याइएको हो । 

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ५६ बजे

पत्नीको स्मृतिमा ४० लाखको अक्षयकोष, सामाजिक काममा लगाइने

पोखरा– पूर्व प्रशासक कृष्णप्रसाद रेग्मीले सामाजिक कामका लागि ४० लाख

जब घरमा पाल्न ल्याएको सिंहले मालिकलाई नै खाइदियो

नजाफ, इराक – इराकको कुफा शहरमा एक हृदयविदारक घटना भएको

हिरासतमा भेटेपछि कमल थापा भन्छन्- रवीन्द्र मिश्रले कुनै अपराध गरेका छैनन्

काठमाडौं- गत चैत १५ गते राति काठमाडौंबाट पक्राउ परेयता राष्ट्रिय

टिपरको ठक्करबाट एक वृद्धको मृत्यु

सिरहा– यहाँको मिर्चैया–कटारी सडकखण्डअन्तर्गत मिर्चैया नगरपालिका–७ स्थित फूलबरिया खण्डमा आज

कांग्रेसको कोटाबाट गभर्नर बन्ने तयारीमा रहेका पौडेलविरुद्ध पनि रिट

काठमाडौं- पछिल्लो केही दिनयता नेपाल राष्ट्र बैंकका गभर्नरको चर्चामा देखिएका