घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरैको परीक्षण « Khabarhub

घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरैको परीक्षण


३० चैत्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरपालिका (कामपा)ले खाद्य बजारको गुणस्तर मापन गर्न प्रयोग हुने घुम्ती प्रयोगशालामा २४ प्रकारभन्दा धेरैको परीक्षण गरिरहेको छ ।

कामपाका खाद्य प्राविधिक भारती अधिकारीका अनुसार घुम्ती प्रयोगशालाको पहिलो प्रयोग स्त्री तथा प्रसूति रोग अस्पताल, नर्भिक अस्पताल थापाथलीमा सञ्चालित क्यान्टिनहरूमा गरिएको थियो ।

कामपा र खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागबीच यस अघिनै सम्झौता गरेर कामपा र विभागको संयुक्त अनुगमन टोलीले खाद्य व्यवसाय सञ्चालन हुने स्थानहरूको खाद्य स्वच्छता तथा गुणस्तर निरीक्षण, खाद्य नमूनाको स्थलगत परीक्षण र विश्लेषणका लागि प्रयोगशाला सञ्चालन गरेका हुन् ।

प्रयोगशालामा फलफूल तथा तरकारीमा विषादीको अवशेषको परिणाम परीक्षण गर्ने उपकरण (आरबीपीआर) छ ।

दूधमा भएको सोडा, चिनी, नून, ग्लुकोज आदि परीक्षण गर्ने मिल्क एड्ल्टरेसन किट, दूधको सोलिड नट फ्याट (एसएन एफ) परीक्षण गर्ने ल्याक्टोमिटर, पानीमा एनोमिया र रेसिडुवल क्लोरिनको परीक्षण गर्ने वाटर एड्ल्टरेसन किट, पानीको पिएच परीक्षण गर्न पिएच मिटर रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका खाद्य अनुसन्धान अधिकृत श्रीराम न्यौपानेले जानकारी दिए ।

सङ्कलित खाद्यपदार्थ नमूनाको तौल जाँच्ने उपकरण ब्यालेन्स, खाद्य पदार्थको नमूना परीक्षण लागि आवश्यक पर्ने वाटर बाथ, जलाङश परीक्षण गर्ने मोइस्चर ब्यालेन्स पनि प्रयोगशालामा छ ।

नमूना खाद्य पदार्थ जाँच्नका लागि पिनेर मसिनो पार्ने ग्राइन्डर, खाद्य पदार्थको नमूनालाई एकरूपता प्रदान गर्ने स्याम्पल होमोजिनाइजर छन् । तेल, घ्यू जस्ता खाद्य पदार्थको रिफ्रयाक्टिभ इण्डेक्सस जुस, टोमाटो सस, जाम, टोमाटो केटचप, फलफूल जुसमा टिएस एस (सम्पूर्ण घुलनशील ठोस) परीक्षण गर्ने रिफ्राक्टोमिटर छ । नमूना परीक्षण गर्न मिश्रण गर्न प्रयोग हुने भर्टेक्स, अम्लता (एसिडिटी) हेर्ने अटोमेटिक ब्यूरेट  छ । हानिकारक रसायनमा काम गर्ने छुट्टै फियुम हुड च्याम्बर छ ।

प्रयोगशाला तापक्रम अनुकुलित (एअर कन्डिसन) र सङ्कलित नमूनाका कणहरूको हलचल विश्लेषण गर्ने अल्ट्रा सोनीएक्टर पनि रहेको कामपाले जानकारी दिएको छ ।  खाद्यपदार्थ तताउने प्लेट छ । मिठाइमा प्रयोग गरिने अखाद्य रङको परीक्षण गर्ने रसायन घुम्ती प्रयोगशालामा भएकाले मिठाइमा रङको मिसावट तत्कालै थाहा पाउन सकिन्छ ।

उपकरणको प्रयोगले बजारबाट सङ्कलित नमूना तत्कालै परीक्षण गरी नतिजा देखाउन सकिन्छ । खाद्य सेवासँग सम्बन्धित अनुगमनका लागि यो घुम्ती खाद्य प्रयोगशाला सञ्चालन ल्याइएको हो । 

प्रकाशित मिति : ३० चैत्र २०८१, शनिबार  ९ : ५६ बजे

बालकुमारीमा दुई अर्ब लागतमा ‘सबस्टेशन’ निर्माण हुने

काठमाडौं– ललितपुरको बालकुमारीमा जीआइएस सबस्टेशन निर्माणका लागि जग्गा प्राप्तिसम्बन्धी प्रक्रिया

धरानमा अनलाइन जुवा वानएक्स बेट : १५ थान मोबाइलसहित १० जना समातिए

सुनसरी- अनलाइन जुवा खेल्ने-खेलाउने १० जनालाई प्रहरीले पक्राउ गरेको छ

सञ्चार मन्त्रालयको कार्यप्रगति : स्मार्ट लाइसेन्स छपाइ, सरकारी कुरियर सेवा, दूरसञ्चार सेवा सुधार

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पछिल्लो एक महिनामा भए/गरेका

चितवनका दुई सय बढीले पाए जग्गाधनी पुर्जा

चितवन– चालु आर्थिक वर्षको साउनदेखि जिल्लामा रहेका २२६ भूमिहीन दलित, भूमिहीन

सुनको मूल्य आजपनि घट्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य आजपनि घटेको छ । अघिल्लो